जर्मनीमा सकिएको युरोकपको फाइनलमा स्पेनसँग पराजित भएको दुई दिनपछि इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेटले राजीनामा दिएका छन्। आइतबार राति भएको युरोकपको फाइनलमा इंग्ल्यान्ड स्पेनसँग २–१ गोल अन्तरले पराजित भएको थियो।
५३ वर्षीय साउथगेटले ८ वर्ष इंग्ल्यान्डमा बिताए। उनले इंग्ल्यान्डका लागि १ सय २ खेल खेलाएका थिए। जहाँ ६१ खेलमा जित, २४ खेलमा बराबरी र १७ खेलमा पराजय भोगेको थियो।
इंग्ल्यान्ड राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको रुपमा उनको सम्झौता यो वर्षसम्म थियो। मंगलबार राष्ट्रिय टोलीको जिम्मेवारी छाडेसँगै उनले इंग्ल्यान्डबाट खेल्नु र मुख्य प्रशिक्षक हुनु आफ्नो जीवनमा सम्मानको कुरा रहेको बताएका छन्।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।