शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एम्बाप्पे भए रियल म्याड्रिडसँग आवद्ध


  • मंगलबार, साउन १ २०८१
7.9K
SHARES

फ्रान्सका कप्तान तथा स्टार खेलाडी किलीयन एम्बाप्पेले रियल म्याड्रिडसँग औपचारिक सम्झौता गरेका छन् । गत महिनानै एम्बाप्पेलाई भित्र्याउने घोषणा गरेको रियल म्याड्रिडले आज औपचारिक सम्झौता गरेको हो ।

एम्बाप्पेलाई रियल म्याड्रिडले स्टेडियममा आफ्नो फ्यानहरुको माझ प्रस्तुत गरेको छ । उनी आजै मेडिकल पास समेत भएका थिए ।

म्याड्रिडले उनलाई १५० मिलियन साइनिङ अमाउन्ट दिएको अन्तर्राष्ट्रिय खेल मिडियाको दाबी छ । फ्री ट्रास्परमा एम्बाप्पेलाई भित्राएपनि क्लबले साइनिङ अमाउन्ट दिएको बताइएको छ ।

रियल म्याड्रिडले उनलाई वार्षिक १५ मिलियन युरो दिने बताइएको छ । यो उनलाई पिएसजिले दिएको रकम भन्दा बार्षिक १० मिलियनले कम हो । एम्बाप्पेले रियल म्याड्रिडमा उनले रियल म्याड्रिडमा ९ नम्बरको जर्सी लगाउने भएका छन् ।

२०१७ मा फ्रेन्च क्लब मोनाकोबाट लोनमा पिएसजी पुगेका एम्बाप्पे २०१८ देखि पिएसजीको नियमित खेलाडी थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा