शुक्रबार, साउन ८ २०८३
ताजा अपडेट

पशुपति मित्र मा.वि. स्रोतकेन्द्रस्तरीय चित्रकला प्रतियोगिता सम्पन्न


  • बिहिबार, जेष्ठ २४ २०८१
13.6K
SHARES

विश्व वातावरण दिवसको उपलक्ष्यमा काठमाडौं महानगरपालिका शिक्षा बिभाग, पशुपति मित्र मा. वि. स्रोतकेन्द्र, चाबहिलद्वारा स्रोतकेन्द्रस्तरीय चित्रकला प्रतियोगिताको आयोजना गरियो। रिभेरा इन्टरनेसनल एकेडेमी मैजुबहाल, चाबहिलले प्रायोजन गरेको उक्त प्रतियोगितामा पशुपति मित्र मा. वि. स्रोतकेन्द्र अन्तरगतका १७ वटा सामुदायिक तथा संस्थागत विद्यालयले भाग लिएका थिए।

प्रतियोगितामा महान सिद्धार्थ हाइस्कुलका प्रताप तामाङ प्रथम, मोक्षदा स्कुलकी तपस्या खतिवडा द्वितीय तथा सिफल स्कुलकी प्रसिद्धि डंगोल तृतीय भएकी थिइन् । त्यसैगरी सेन्ट लरेन्स स्कुलकी क्रिस्टिना खड्का तथा श्रम राष्ट्रिय माविका हिमेश सुनुवारले सान्त्वना स्थान प्राप्त गरेका थिए।

उक्त कार्यक्रम पशुपति मित्र मा. वि. स्रोत केन्द्रका स्रोत शिक्षक योग्यराज प्रसाईँको अध्यक्षता एवं काठमाडौँ महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बिमलकुमार होडाको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो ।

प्रमुख अतिथिज्यू तथा अतिथिज्यूहरूले गमलामा रहेको बिरुवामा पानी हालेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो। उक्त कार्यक्रममा पशुपति मित्र मा. वि. चाबहिलका प्रधानाध्यापक चन्द्रकान्त पन्डित, काठमाडौं महानगर प्याब्सनका उपाध्यक्ष तथा जगतमन्दिर माध्यमिक विद्यालयका प्रिन्सिपल राजन आचार्य, महान सिद्धार्थ हाइ स्कुलका प्रिन्सिपल बाबुराम के. सी., समाजसेवी टंक बहादुर श्रेष्ठ तथा रिभेरा इन्टरनेसनल एकेडेमीका अध्यक्ष नरेन्द्र भट्टराईको आतिथ्य्ता रहेको थियो। प्रतियोगितामा निर्णायककको भुमिका चित्रकला विशेषज्ञहरू प्रकाश मिजार तथा शिव कुमार शर्माले गर्नुभएको थियो। कार्यक्रममा रिभेरा इन्टरनेसनल एकेडेमीका प्रिन्सिपल प्रज्वल कोइरालाले स्वागत मन्तब्य व्यक्त गर्नुभएको थियो भने वरिष्ठ शिक्षक राम प्रसाद निरौलाले कार्यक्रम सञ्चालन गर्नुभएको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा