शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कांग्रेस संसदीय दलको बैठक जारी


  • मंगलबार, चैत्र २७ २०८०
7.6K
SHARES

फाईल तस्बिर

२७ चैत, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । बैठक संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा जारी छ । सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने उपर संसदीय छानबिन समिति गठन हुनुपर्ने माग राख्दै आएको कांग्रेसले सोही विषयमा छलफल गर्न बैठक बोलाएको हो ।

यही चैत २१ गते बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सरकारले संसदीय छानबिन समिति नबनाए प्रतिनिधि सभाको अर्को बैठक चल्न नदिने बताएका थिए ।

आज बिहान ११ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ । बैठकलाई विनाअवरोध सन्चालन गराउने प्रयासमा सोमबार सभामुख देवराज घिमिरेले प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल समेत गरेका थिए । तर कांग्रेस आफ्नो अडानमा कायमै रहेपछि बैठक निष्कर्षविहीन भएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा