काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा सांसदले सोधेका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची छ । प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि १३ सांसदले लिखित प्रश्न पेश गरिसकेका छन् ।
आइतवार बिहान ११ बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डलाई सोध्नका लागि १३ जना सांसदले लिखित प्रश्न पेश गरेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र सांसद किशोरसिंह राठौरले पनि प्रश्न बुझाएका छन् ।
यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, गोकर्ण विष्ट, रास्वपाका सांसद गणेश पराजुली र राप्रपाका सांसद गीता बस्नेतलगायतले प्रश्न सोधेका छन् ।
संसदको तेस्रो अधिवेशनको तेस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धित विषयमाथि उठेका प्रश्नहरुको प्रत्यक्षरुपमा जवाफ दिन लागेका हुन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।