हेटौँडा । पूर्वराजा ज्ञानेन्द्र शाह आज बाहेटौँडा जाने भएका छन् । धार्मिक क्षेत्रहरूको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाटका उनी यहाँ आउन लागेको राप्रपा मकवानपुरले जनाएको छ ।
पूर्वराजा शाहलाई आज दिउँसो १२ बजे हेटौँडा-१५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने बताइएको छ ।
उनी हेटौँडा-१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र दिउँसो २ः३० बजे हेटौँडा-१० स्थित भुटनदेवी मन्दिरमा पुग्नेछन् ।
उनले हेटौँडा-५ स्थित हेटौँडा रिसोर्टमा शुभेच्छुकसँग भेटघाट गरेर आजै काठमाडौं फर्किने कार्यपालिका रहेको पनि राप्रपा मकवानपुरले जनाएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।