शनिबार, भाद्र ६ २०८३
ताजा अपडेट

सदन खुले पछि टीआरसी विधेयक टुंगोमा पुग्छ : प्रधानमन्त्री प्रचण्ड


  • आइतबार, माघ ७ २०८०
6.7K
SHARES

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसी विधेयक आगामी संसदबाट टुंगोमा पुग्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले सबै दलहरूसँग सहमतिका लागि वार्ता जारी रहेको बताए ।

प्रधानमन्त्री दाहाल प्रचण्डले भने, ‘टीआरसी बारे सबै छलफल र तयारी गरेका छौँ । संसदको उपसमितिबाट टुंगो लागेर समितिमा गएको छ ।
सदन खुल्ने बित्तिकै हाउसमा लगेर प्राथमिकताका साथ टुंगो लगाइन्छ । सहमतिबाट नै यसलाई टुंगो लगाउन म प्रयासरत छु । विश्वास छ सबै दलको सहमतिबाट यो टुंगोमा पुग्छ । शान्ति प्रक्रियाका बाँकी काम टुंगोमा पुग्छन् ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा