७ पुस, काठमाडौं । इंग्लिस क्लब म्यानचेष्टर सिटीले फिफा क्लब विश्वकपको उपाधि जितेको । जुलियन अल्भारेजको दुई गोल मदतमा फाइनलमा ब्राजिलियन क्लब फ्लुमिनेन्सलाई ४-० ले पराजित गर्दै सिटी च्याम्पियन बनेको छ ।
साउदी अरेबियाको जेदाहमा भएको खेलमा अल्भारजले पहिलो र ८८औं मिनेटमा गवल गरे । फिल फोडेनले ७२औं मिनेटमा गोल गरे । फ्लुमिनेन्सका मोटा फिल्होले २७औं मिनेटमा आत्मघाती गोल गरेका थिए ।
सिटीले पहिलो पटक क्लब विश्वकपको उपाधि जितेको हो । गत सिजन पहिलो पटक युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेपछि सिटीले क्लब विश्वकप खेल्ने मौका पाएको थियो ।
सिटी क्लब विश्वकप जित्ने चौथो इंग्लिस क्लब बनेको छ । यसअघि म्यानचेष्टर युनाइछेड, लिभरपुल र चेल्सीले क्लब विश्वकप जितेका थिए ।
तर सिटी एकै क्यालेन्डर इअरमा पाँच उपाधि जित्ने पहिलो इंग्लिस क्लब बन्यो । गत सिजन प्रिमियर लिग र एफसी कपसहित च्याम्पियन्स लिग जितेर ट्रेबल उपाधि जितेको सिटीले अगष्टमा युइएफए सुपर कप पनि जितेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।