शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्रारम्भिक बालविकासका विभिन्न महत्वपूर्ण पक्षहरु समेटीएको दुई दिने कार्यशाला सम्पन्न


  • बुधबार, मंसिर १३ २०८०
13.5K
SHARES

प्रारम्भिक बालविकासका विभिन्न महत्वपुर्ण पक्षहरु समेटीको दुई दिने कर्यशाला सम्पन्न भएको छ । काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेसन (KUSOED) मा प्रारम्भिक बालविकासमा स्नातकोत्तर अध्ययन गरिसकेका र अध्ययनरत विद्यार्थीहरुको सञ्जाल KUSOED ECD Alumni Network ले काठमाण्डौंमा दुइ दिने ‘Preschool Leader’s Meet” आयोजना गरेको हो ।

देशका विभिन्न विद्यालयका प्रतिनिधिहरु तथा विश्वविद्यालयमा प्रारम्भिक बालविकासमा स्नातकोत्तर अध्ययनरत विद्यार्थीहरु सहितको दुइ दिने उक्त कार्यशालामा प्रारम्भिक बालविकासका विभिन्न महत्वपूर्ण पक्षहरुका बारेका छलफल तथा अन्तरक्रिया भएको थियो ।

बालबालिकाको सर्वाङ्गीण विकासलाइ मध्यनजर राख्दै कक्षामा विकासात्मक रूपमा उपयुक्त अभ्यास हुनु आवश्यक छ र यो विषयलाई विद्यालय¸अभिभावक¸समूदाय तथा राष्ट्रले प्राथमिकताका साथ महत्व दिनु पर्ने विषयलाई जोड दिइएको थियो ।

साथै नेपाली समाजमा पछिल्लो समय देखिँदै गएको अटिजम र यो सँग जोडिएका भ्रम र यथार्थ¸उपचार विधि तथा अभिभावकले बुझ्नु पर्ने कुराहरुका बारेमा विज्ञसँग छलफल र परामर्श भएको थियो । अटिजम तथा विभिन्न प्रकारका अपाङ्गता र यो सँगै आउने अर्को विषय समावेशी शिक्षाले विशेषतः प्रारम्भिक बालविकासको अवस्थामा कसरी प्रभाव पार्दछ र अभिभावक तथा विद्यालयहरुले यस बारेमा कसरी थाहा पाउने र कस्तो व्यवहार गर्ने भन्ने विषयमा पनि कार्यक्रममा प्रस्तुती एवम् छलफल भएको थियो ।

कार्यशालाको दोश्रो दिन बालबालिकाको विकासमा खेलको महत्वका बारेमा छलफल गरिएको थियो । खेललाई महत्व दिँदै देशका तिनै तहका सरकारले बालबालिका केन्द्रित खेल उद्यान बनाउनु पर्ने¸विद्यालयहरुले पनि खेल मैदान तथा सामाजिक, सांस्कृतिक तथा विकास उपयुक्त खेल सामग्रीको व्यवस्थापन सम्बन्धमा विज्ञबाट प्रस्तुतिका साथै खेलको महत्वका बारेमा अभिभावक सचेतना कार्यक्रमहरु आवश्यक रहेको सहभागीहरुले सुझाव दिएका थिए ।

त्यसै गरी बालबालिकाको सिकाइका विश्वव्यापी अवधारणा र आधारहरुका बारेमा पनि छलफल भएको थियो । कार्यशालामा सहभागिहरुको सकृय सहभागितामा विभिन्न सामाजिक पक्षहरू, भाषा, लैङ्गिकता, जातजातीयता, अभिभावकको शैक्षिक तथा आर्थिक अवस्थाका कारण बालबालिकाको सिकाइमा आउने चूनौतीका विषयमा सहभागीहरू माझ बृहत छलफल भइ यसको निराकरणका लागि केही बुँदाहरू तयार गरिएको छ ।

कार्यशालामा सहभागिहरुको सकृय सहभागितामा विभिन्न सामाजिक पक्षहरू, भाषा, लैङ्गिकता, जातजातीयता, अभिभावकको शैक्षिक तथा आर्थिक अवस्थाका कारण बालबालिकाको सिकाइमा आउने चूनौतीका विषयमा सहभागीहरू माझ बृहत छलफल भइ यसको निराकरणका लागि केही बुँदाहरू तयार गरिएको छ । साथै निकट भविश्यमा नै प्रारम्भिक बालविकास तथा शिक्षा एवम् अभिभावक शिक्षाका सवालमा सम्बोधन गर्नु पर्ने विभिन्न महत्वपूर्ण विषयहरुमा थप बहस¸छलफल र पैरवी गर्दै जाने योजना बनेको कुसोड इसिडि आलुम्नाइका एक सदस्य अनन्त घिमिरेले बताउनु भयो।कार्यशालामा बालकथाका पुस्तक¸खेल तथा सिकाइ सामग्री र अन्य सन्दर्भ सामग्रीहरुको प्रदर्शनी पनि गरिएको थियो ।

यस दुइ दिने ‘Preschool Leader’s Meet”को उद्घाटन काठमाण्डौ विश्वविद्यालय स्कुल अफ एजुकेसनका डीन प्रोफेशर बालचन्द्र लुइटेलबाट भएको थियो भने डा. मीनाक्षी दाहालले सहजीकरण गर्नुभएको थियो । साथै निकट भविश्यमा नै प्रारम्भिक बालविकास तथा शिक्षा एवम् अभिभावक शिक्षाका सवालमा सम्बोधन गर्नु पर्ने विभिन्न महत्वपूर्ण विषयहरुमा थप बहस¸छलफल र पैरवी गर्दै जाने योजना बनेको कुसोड इसिडि आलुम्नाइका एक सदस्य अनन्त घिमिरेले बताउनु भयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा