ह्यारी केनले दुई गोल गरेपछि इटलीमाथि पुनरागमन जित निकाल्दै इंग्ल्याण्ड युरोकप २०२४ का लागि छनोट भएको छ ।
लण्डनस्थित वेम्लीमा भएको खेलमा गियानलुका स्कामाक्काले १५औं मिनेटमा गोल गर्दै इटलीलाई सुरुआती अग्रता दिलाएका थिए । तर, त्यो अग्रता लामो समय टिकेन । ३२औं मिनेटमा इंग्ल्याण्डका लागि केनले पेनाल्टीबाट बराबरी गोल फर्काए ।
पहिलो हाफ बराबरीमा सकिएपछि दोस्रो हाफमा घरेलु टोली इंग्ल्याण्डले दुई गोल थप्यो । ५७औं मिनेटमा मार्कुस राशफोर्डले गोल गर्दै इंग्ल्याण्डलाई २-१ को अग्रता दिलाए ।
केनले ७७औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डको जित पक्का गरे ।
जितपछि इंग्ल्याण्ड ६ खेलबाट १६ अंक जोडेर समूह सी को शीर्ष स्थानमा छ । ६ खेलबाट १० अंक रहेको इटली तेस्रो स्थानमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।