काठमाडौं । लिओनल मेसीको दुई गोल मद्दतमा अर्जेन्टिनाले विश्वकप छनोटमा बुधबार बिहान पेरुलाई २-० ले पराजित गरेको छ । २०२६ को फिफा विश्वकप छनोटमा अर्जेन्टिनाको यो लगातार चौथो जित हो ।
पेरुको मैदान स्टाडियो नासिओनल डे लिमामा अर्जेन्टिनालाई सहज जित दिलाउन मेसीले खेलको ३२औं र ४२औं मिनेटमा गोल गरेका थिए ।
दक्षिण अमरिकी क्षेत्रमा शतप्रतिशत नतिजा निकालेको अर्जेन्टिना ४ खेलबाट १२ अँकसहित शीर्ष स्थानमा छ । पेरु ४ खेलबाट १ अंकसहित नवौं स्थानमा छ ।
बुधबार बिहान भएको अर्को खेलमा ब्राजिल उरुग्वेसँग स्तब्ध भयो । उरुग्वेले ब्राजिललाई २-० ले हरायो । उरुग्वेका लागि डार्विन नुनेजले ४२औं र निकोलस डे ला क्रुजले र ७७औं मिनेटमा गोल गरे ।
जितपछि ४ खेलबाट उरुग्वेले ब्राजिल समान ७ अंक जोडेको छ र ब्राजिललाई पछि पार्दै दोस्रो स्थानमा उक्लेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।