नेदरल्यान्ड्सले आईसिसी विश्वकप २०२३ को विश्वकपमा दक्षिण अफ्रिकालाई ३८ रनले हराएको छ । नेदरल्यान्ड्सले गतवर्ष टि २० विश्वकपमा दक्षिण अफ्रिकालाई हराएको थियो । त्यसैको कारण दक्षिण अफ्रिका विश्वकपको सेमिफाइनलमा पुग्न सकेको थिएन ।
जितको लागि २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ४२.५ ओभरमा २ सय ७ रनमा अल आउट भयो । दक्षिण अफ्रिकाका लागि डेविड मिलरले ५२ बलमा ४ चौका र १ छक्कासहित ४३ रन बनाए । त्यो जितका लागि पर्याप्त थिएन ।
यसै विश्वकपमा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध ४ सय २८ रन बनाएको थियो । तर नेदरल्यान्ड्ससँग स्तब्ध हुन पुगेको हो ।
मिलरले ब्यक्तिगत २३ रनमा जीवनदान पाएका थिए । स्पिनर भान डर मर्वेको बलमा ठूलो सट खेलेपनि लङअनमा बास डि लिडले क्याच छाडेपछि मिलरले जीवनदान पाएका थिए । तर त्यो जीवनदानको फाइदा उठाउन सकेका थिएनन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।