इंग्लिस प्रिमियर लिगमा साविक विजेता म्यानचेस्टर सिटीलाई आर्सनलले हराएको छ। ग्राबियल मार्टिनेलीको निर्णायक गोलबाट आर्सनल विजयी भएको हो ।
आइतबार राति आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा सिटीविरुद्ध १–० को जित हासिल गरेको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा मात्र गोल सम्भव भयो।
खेलको ८६औं मिनेटमा आर्सनलका हाभर्टको पासमा मार्टिनेलीले गोल गर्दै आर्सनललाई महत्त्वपूर्ण ३ अंक दिलाए।
जितसँगै ८ खेलबाट २० अंक बनाएको आर्सनल अंक तालिकाको दोस्रो स्थानमा उक्लकेो छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।