शनिबार, साउन ९ २०८३
ताजा अपडेट

एन प्याब्सन काठमाडौँको सहसचिवमा सम्झना लामाको उम्मेदवारी


  • शनिबार, भाद्र १६ २०८०
18.3K
SHARES

काठमाडौँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) काठमाडौँ जिल्लाको सहसचिवमा सम्झना लामाले उम्मेदवारी घोषणा गरेका छन् । अधिवेशन हुने मिति भदौ २७ गते नजिकिँदै गर्दा लामाले उम्मेदवारी घोषणा गरेका हुन् ।

नेसनल प्याब्सन काठमाडौँ जिल्लाको वर्तमान कार्यसमितिमा सदस्य भएर उनले काम गरिरहेका छन् ।

यस्तै, निजी विद्यालयहरूको भेगिय सङ्गठनहरू माफ, जिसाका लगायतमा सचिव एवं उपाध्यक्ष पदसम्मको जिम्मेवारी बहन गरिसेका छन् । नेसनल प्याब्सन काठमाडौँ जिल्ला परीक्षा विभागको पूर्व सदस्य समेत रहेका उनी विगत डेढ दश भन्दा बढी समय निजी विद्यालयमा क्रियाशील छन् ।

शिक्षा क्षेत्रमा क्रियाशील रहेका लामा नेसनल प्याब्सनिष्टहरुको बिचमा मात्रै होइन, समग्र शिक्षा क्षेत्रमा परिचित नामको रूपमा रहेका छन् ।

एभिएस स्कुल तथा कलेका बोर्ड अफ डाइरेक्टर समेत रहेका लामा भन्छन्, ‘सभ्य तथा परिणाममुखी नेसनल प्याब्सन निर्माणका लागि नेसनल प्याब्सनलाई प्राज्ञिक बहसको प्लेटफर्मको रूपमा विकास गर्ने तथा निजी विद्यालय मैत्री नीति निर्माणमा नेसनल प्याब्सनको भूमिका सुनिश्चित गर्न भूमिका खेल्ने, विद्यार्थी, शिक्षक तथा अभिभावकको हितलाई केन्द्रमा राखेर सिर्जनात्मक क्रियाकलापका साथ नेसनल प्याब्सनलाई क्रियाशील बनाउने उद्देश्य राखेको छु ।’


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा