काठमाडौँ । भारतिय लोकप्रिय सौन्दर्य सामाग्री ‘नन्दिनी अर्गानिक’ अब नेपालमा पाइने भएको छ । काठमाडौँमा एक पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गर्दै अब उक्त सौन्दर्य सामाग्री नेपालमा उपलब्ध हुने जनाइएको छ ।
पत्रकार भेटघाट कार्यक्रममा पूर्व मिस नेपाल उषा खड्गी तथा सामाजिक अभियन्ता भिम उपाध्यायले संयुक्त रुपमा उक्त उत्पादनहरुको औपचारिक विक्री वितरण शुभारम्भ गरेका थिए ।
होटल ग्राण्डमा आयोजित उक्त कार्यक्रममा उपस्थित व्यक्तित्वहरुले नन्दिनी अर्गानिकका ब्राण्डले नेपालमा राम्रो बजार लिने र सौन्दर्य पारखीहरुको रोजाईमा पर्नेमा आफुहरु विश्वस्त भएको कुरा बताए ।
मिस नेपाल खड्गीले आफुले विभिन्न ब्राण्डको एम्बेसडर भएर काम गरेको र विभिन्न ब्राण्डेड उत्पादन प्रयोग गर्दै आएको तर पहिलो पटक यस्ता अर्गानिक सौन्र्दय ब्राण्डका वारेमा जानकारी लिदा यस उत्पादनले नेपालमा राम्रो बजार पाउने कुरा बताईन ।
संचारकर्मी सोनीत राज ढुंगेलले संचालन गरेको कार्यक्रममा संचारकर्मी राज लुईटेलले सहजीकरण गरेका थिए । कार्यक्रममा उक्त कम्पनीका २ दर्जन डिलरहरुको समेत उपस्थिती रहेको थियो ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।