शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

कोशी प्रदेशका मुख्यमन्त्री थापाको शपथ आज


  • बुधबार, साउन १७ २०८०
5.2K
SHARES

१७ साउन,विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गाेपनियताकाे शपथ ग्रहण गर्ने भएका छन् ।

मंगलबार बहुमत जुटाएर मुख्यमन्त्रीमा दाबी पेस गरेका थापाले आज साढे १० बजे शपथ ग्रहण गर्नेछन् । आजै मन्त्री परिषद् विस्तार गर्ने पनि थापाकाे तयारी छ । प्रदेश प्रमुखको कार्यालयले साढे १० बजेका लागि सपथ ग्रहणकाे तयारी भएको जनाएको छ ।

२१ असारमा सभामुख बाबुराम गौतमको पनि समर्थनमा मुख्यमन्त्री बनेका थापालाई ११ असारमा सर्वोच्च अदालतले पदमुक्त गरेकाे थियाे । सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया पुनः सुरु गर्न परमादेश दिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा