शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पेट्रोल र डिजेलको मूल्य बढ्यो


  • बुधबार, साउन १७ २०८०
8.5K
SHARES

फाइल तस्विर

नेपालमा पेट्रोल र डिजेलको मूल्य बढेको छ । भारतबाट बढेर आएसँगै नेपाल आयल निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।

पेट्रोलमा प्रतिलिटर ९ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर ७/७ रुपैयाँले मूल्य बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ । ठाउँअनुसार मूल्य फरक फरक छ ।

त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने घटेको छ । खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ सय ३० रुपैयाँले घटेको हो । अब एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १६६० रुपैयाँ पर्नेछ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा