शनिबार, साउन ९ २०८३
ताजा अपडेट

रोनाल्डो पछि साडियो माने पनि पुगे अल नासर


  • बुधबार, साउन १७ २०८०
6.6K
SHARES

१७ साउन, काठमाडौं । स्ट्राइकर साडियो माने साउदी प्रो विग क्लब अल नासरमा अनुबन्धित भएका छन् । अल नासरले मंगलबार मानेलाई अनुबन्ध गर्दै कलबको खेलाडीको रुपमा सार्वजनिक गरेको छ ।

जर्मन क्लब बायर्न म्युनिख छाड्दै माने साउदी क्लब पुगेका हुन् । मानेले अल नासरसँग चार वर्षको लागि सम्झौता गरेको क्लबले जनाएको छ । उनले क्रिस्टियानो रोनाल्डोसँगै खेल्नेछन् ।

सेनेगललाई अफ्रिकन कप अफ नेसन्स जिताउँदा माने कप्तान थिए । उनले दुई पटक अफ्रिकी वर्ष खेलाडीको अवार्डसमेत जितेका थिए ।

आर्थिक पक्ष सार्वजनिक नगरिए पनि विभिन्न रिपोर्टहरुका अनुसार साउदी क्लबले मानेका लागि ४० मिलियन युरो तिरेको रोएटर्सले उल्लेख गरेको छ ।

३१ वर्षका मानेले बायर्नका लागि ३८ खेलमा १२ गोल गरेका थिए । लिभरपुलमा उत्कृष्ट प्रदर्शन गर्दै २६९ खेलमा १२० गोल गरेपछि उनी गत सिजन बायर्न म्युनिख पुगेका थिए । तर त्यहाँ उनको प्रदर्शन सोचे जस्तो हुन सकेन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा