शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

पेन नेपाललको पुस्तक विमोचन तथा कविता वाचन कार्यक्रम सम्पन्न


  • आइतबार, साउन १४ २०८०
13.5K
SHARES

काठमाडौँ । पेन नेपालको आयोजनामा पुस्तक विमोचन कार्यक्रम सम्पन्न भएको छ । काठमाडौँका थाहा पुस्तकालयमा विशेष कार्यक्रमको अयोजना गर्दै पुस्तक विमोचन गरिएको हो ।

पेन नेपालका सल्लाहकार साहित्यकार प्रकाश ए राजको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको प्रमुखअतिथि बरिष्ठ कवि तथा साहित्यकार एवम् पेन नेपालका संस्थापक सदस्य मञ्जुल हुनुहुन्थ्यो भने विशिष्ट अतिथि हङ्गेरीका लेखक ओलिभर सिफ्लिस हुनुहुन्थ्यो ।

कार्यक्रममा पेन नेपालले पेन इन्टरनेशनलको शतवार्षिकी वर्षको सन्दर्भ पारेर अङ्ग्रेजी भाषामा प्रकाशन गरेको कथा तथा निबन्धहरूको सङ्ग्रह “द हिमालयन हेड्स” को विमोचन गरिएको थियो । विमोचित कृति माथि कवि विधान आचार्यले विवेचना गर्नुभएको थियो । यसैगरी, लेखक ओलिभरले आफ्नो लेखन तथा हङ्गेरीको समकालीन साहित्यको बारेमा संक्षिप्त चर्चा गर्नुभएको थियो ।

हिरण्यकुमारी पाठकले समेत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बमबहादुर थापाजिताली, विष्णुबहादुर सिँह, टङ्क उप्रेती, सुवाससिँह पराजुली, ज्योति जङ्गल, रुपसिँह भण्डारी, नन्दु उप्रेती, दिपक चौँलागाईं, देवेन्द्र केसी, भोजकुमार धमला, निलिमा मास्के श्रेष्ठ, शिरोमणि दवाडी, तीर्थराज भट्ट, वीरबहादुर लोहनी, टेकबहादुर लौडारी, विधान आचार्य, मञ्जुल र भीष्म उप्रेतीले कविता वाचन गर्नुभएको थियो ।

पेन नेपालका सचिव भीष्म उप्रेतीले सञ्चाल नगर्नुभएको कार्यक्रममा प्रमुखअतिथि मञ्जुलले सबै कविको कविता आ–आफ्नै किसिमको सुन्दर रहेको भन्दै पेन नेपालको स्थापनामा स्वर्गीय ग्रेटा राणा तथा स्वर्गीय शान्ति मिश्रको ठूलो भूमिका रहेको स्मरण गर्नुभएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा