शनिबार, साउन ९ २०८३
ताजा अपडेट

अन्तरविद्यालय स्तरीय छन्द कविता वाचन प्रतियोगिता सम्पन्न


  • शनिबार, असार ३० २०८०
18.3K
SHARES

काठमाडौँ । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २१०औँ जन्मजयन्तीको अवसरमा कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रोगे्रसिभ एजुकेशनल फोरमले अन्तरविद्यालय स्तरीय छन्द कविता वाचन प्रतियोगिता सम्पन्न गरेको हो । काठमाडौंको बौद्धमा रहेको महान सिद्धार्थ हाई स्कूलको संयोजनमा शुक्रबार भव्य समारोहकाबिच प्रतियोगिता आयोजना गरिएको छ ।

सिद्धार्थ हाईस्कूलको प्राङ्गणमा ९ वटा विद्यालयका ९ जना छात्र ९ जना छात्राले प्रतियोगितामा सहभागीता जनाएका थिए । प्रोग्रेसिभ एजुकेशनल फोरमले कार्यक्रमको आयोजना गरेतापनि फोरममा रहेको महान सिद्धार्थ हाईस्कूलले भने आयोजक भएका कारण प्रतियोगितामा प्रतियोगीको रुपमा सामेल भएन ।

प्रतियोगितामा निमोनिक मोर्डन एकेडेमी नारायणटारका शुभम भण्डारीले वाचन गरेको कविताले प्रथम स्थान हासिल गर्न सफल भयो । दुर्गा भवानी एकेडेमी धुम्बाराहीका समुद्र तामाङ द्धितिय र मोक्षदा स्कूल गृहेश्वरीनगरका पूर्वक क्षेत्री तृतीय भए । ज्ञानदिप शिक्षा सदन गौरीनगरका स्वस्तिक ढकालले सान्त्वना स्थान प्राप्त गरे । प्रतियोगिताको निणर्ायकका रुपमा साहित्यकार गणेश खतिवडा ,र देवु लुईटेल रहेका थिए ।
प्रतियोगितामा अनमोल ज्योति सेकेन्डरी स्कूल मालिगाउँ , लभ्लीएन्जल्स अंग्रेजी आवसीय विद्यालय रामहिटी, मिसन पब्लिक स्कूल टुसाल , न्यू सनसाईन सेकेन्डरी स्कूल हाँडीगाँउ , सेन्ट लरेन्स स्कूल गौरीनगर सहभागी भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथी साहित्यकार देवी नेपालले नेपाली भाषा साहित्यको संरक्षण र सम्र्बद्धन आवश्यक रहेको बताउनुभयो । विद्यालय तहबाटै विद्यार्थीहरुमा नेपाली भाषा र साहित्यमा अगाडी बढाउनुपनमा जोड दिनुभयो । विद्यालयहरुले गर्ने यस्ता कार्यक्रमले विद्यार्थीहरुको नेपाली साहित्यप्रति अभिरुची बढ्ने बताउनुभयो ।

कार्यक्रममा प्रोगे्रसिभ एजुकेशनल फोरमका पदाधिकारी,विभिन्न विद्यालयका शिक्षक साहित्यकार पत्रकार लगायतको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम प्रोगे्रसिभ एजुकेशनल फोरमकी अध्यक्ष, ज्ञानदीप शिक्षा सदन स्कूलकी प्राचार्य एवम साहित्यकार सिता भट्राईको अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रमको संयोजन गर्न पाएकोमा आफूलाई निकै खुसी लागेको महान सिद्धार्थ हाई स्कूलका सह प्रधानाध्यापक शैलेन्द्र त्रिपाटीले बताउनुभयो । महानसिद्धार्थ हाईस्कूल, बौद्ध क्षेत्रकै प्रतिष्ठित स्कूलका रुपमा परिचित छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा