न्याय सेवामा कानुन विषय अध्ययन गरेका जनशक्तिको अभाव महसुस गरी पाँच वर्षअघि सम्माननीय प्रधानन्यायाधीश एवं माननीय कानुनमन्त्रीको समुपस्थितिमा सर्वोच्च अदालत मानव संसाधन विकास समिति तथा न्याय परिषद सचिवालयद्वारा संयुक्त रुपमा हिमालय होटल ललितपुरमा आयोजित ‘न्याय सेवामा जनशक्ति आपूर्ति, वृत्ति विकासको अवस्था र सुझावको क्षेत्रहरु’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी गराई कक्षा ११ र १२ मा कानुन विषय अध्यापन गराई कानुन सम्बन्धी जनशक्ति उत्पादन गर्न हौसला प्रदान गरे बमोजिम सम्पूर्ण प्रशासनिक तथा कानुनी प्रक्रिया पुरा गरी सोही वर्षबाट कानुन छुट्टै संकायका रुपमा सञ्चालन गर्न सुरु गरेको रिभेरा इन्टरनेसनल एकेडेमीले कक्षा १२ मा कानूनका पाँच ब्याच उत्तीर्ण गराइसकेको छ ।

तत्पश्चात् कलेजले कलेज प्राङ्गणमा माननीय जिल्ला न्यायाधीशहरु, न्याय परिषद्का सहसचिव तथा उपसचिव, वरिष्ठ अधिवक्ताहरू तथा विद्यार्थी भाइबहिनीहरु एवं अभिभावकहरूको उपस्थितिमा ‘१०ं२ मा कानून बिषय किन पढ्नेरु’ भन्ने बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

पहिलो वर्षबाट नै कानुन पढ्ने विद्यार्थीहरूको उत्साहपूर्ण उपस्थिति कलेजमा रहेको कुरा बताउनुहुन्छ कलेज ब्यबस्थापन समितिका अध्यक्ष प्रकाश श्रेष्ठ । वहाँका अनुसार अध्ययन अध्यापनको सृजनात्मक प्रविधिको प्रयोग गरी शिक्षण सिकाइ गरिरहेको रिभेरामा ‘व्यवहारमा कानुन (Law in Practice)’ लाई सिकाइको केन्द्रमा राखिएको छ । परीक्षामा प्राप्त गर्ने अङ्क मात्र गुणस्तरको आधार होइन भन्ने विश्वास गर्ने रिभेराले अनुसन्धानमा आधारित शिक्षण सिकाइलाई विशेष जोड दिएको छ । कलेजले विद्यार्थीलाई स्व(अध्ययन गर्ने प्रविधिको बिकास गरेको छ जसबाट अध्ययनका लागि शिक्षकप्रति मात्र भरपर्ने विद्यार्थीको सोचलाई अन्त्य गरिदिएको छ भन्नुहुन्छ अध्यक्ष श्रेष्ठ ।
कलेजले पाठ्यक्रममा रहेको विषयवस्तुमा आधारित रहेर विभिन्न स्थलगत भ्रमण (Field Visit), तथ्यांक संकलन (Data Collection), रिपोर्ट लेखन ( Report Writing) एवम् प्रस्तुतीकरण (Presentation) साथै विभिन्न परियोजना कार्य (Project Work) नियमित रुपमा गराउने गरेको कलेजका प्रिन्सिपल प्रज्वल कोइरालाको भनाइ छ । यसका अतिरिक्त, विभिन्न समयमा ‘नमुना अदालत (Moot Court)’ को अभ्यास पनि कलेजमा गर्ने गरिएको छ ।

कलेजले बिद्यार्थीहरूलाई राष्ट्रिय तथा उपत्यकाव्यापी ‘नमुना अदालत ‘Moot Court’ प्रतियोगितामा सहभागि गराउने गरेको छ। उक्त प्रतियोगितामा प्रथम तीन स्थानभित्र पर्न सफल भइसकेको कलेजले विद्यार्थीहरूको सृजनात्मक क्रियाकलापमा विशेष जोड दिइरहेको छ ।

अन्तर(कलेज नमुना अदालत प्रतियोगिता (Moot Court Competition)मा सहभागि हुँदै
स्थलगत भ्रमणमा सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, न्यायपरिषद्, महानगरपालिका कानून विभाग लगायत न्याय सेवा दिने विभिन्न निकायहरुमा लाने गरिएको कुरा बताउनुहुन्छ प्रिन्सिपल कोइराला ।

न्याय सम्पादन गर्ने क्रममा अदालतका प्रशासनिक प्रक्रियाका बारेमा विभिन्न विभागका कर्मचारीहरुबाट अभिमुखीकरण गराउने तथा इजलासमा बहस एवं फैसलाका प्रक्रियाहरु देखाउने कुरा प्रिन्सिपल कोइराला बताउनुहुन्छ ।
राष्ट्रिय तथा जिल्ला न्यायिक निकायबाट यस कलेजका विद्यार्थीलाई प्रक्षिक्षण दिने क्रममा सर्बोच्च अदालतद्वारा यस कलेजका विद्यार्थीका लागि ‘विद्यार्थी माझ अदालत’ कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा सर्बोच्च अदालतका रजिस्ट्रार, सह-रजिस्ट्रार लगायतले यस कलेजका विद्यार्थीलाई कानूनका बिभिन्न प्रावधानका बारेमा प्रशिक्षण दिनुभएको छ ।

कलेजमा स्मार्ट बोर्ड (Smart Board) सहितको सेमिनार हलको व्यवस्था रहेको छ जसमा विद्यार्थीहरुले नियमितरुपमा प्रस्तुतीकरण (Presentation) गर्ने गरेका छन।

त्यसैगरी, संबिधान दिवसको उपलक्ष्यमा कक्षा ११ र १२ का विद्यार्थीले नेपालको संबिधान २०७२ को बिशेषता सम्बन्धी बिशेष प्रस्तुतिकरण (Digital Presentation) गर्ने गरेका छन । उक्त अवसरमा सम्पूर्ण विद्यार्थीले संबिधानका धारा उपधारा माथि बिश्लेषणात्मक चर्चा गर्ने गरेका छन।

अनुसन्धान प्रक्रियालाई सहजीकरण गर्न कलेजमा सुविधासम्पन्न भौतिक पुस्तकालयका साथै विद्युतीय पुस्तकालय (E-library) को पनि व्यवस्था रहेको छ जसबाट वर्ल्ड क्लास अनलाइन लाइब्रेरीहरु भ्रमण गरी डिजिटल पाठ्यपुस्तक पढ्न सक्ने व्यवस्था गरिएको छ ।

सिमित संख्यामा मात्र विद्यार्थीहरु भर्ना गरी शैक्षिक क्रियाकलापहरुमा सम्पूर्ण विद्यार्थीहरुलाई बराबर रुपमा सहभागी गराउने गरेको कलेजले पहिलो वर्षबाटै कक्षा १२ को बोर्ड परीक्षामा शतप्रतिशत नतिजा (100% Result in the First Attempt) प्राप्त गरिरहेको कुरा कलेज सञ्चालक समितिका अध्यक्ष नरेन्द्र भट्टराई बताउनुहुन्छ । गत वर्ष २०७९ को कक्षा १२ को बोर्ड परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएकामा उत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीले ३.७१ जिपिए एवम न्युनतम अंक प्राप्त गर्ने विद्यार्थीले ३.०५ जिपिए प्राप्त गरेको उल्लेख गर्नुहुन्छ भट्टराई । बिए.एल.एल.बी. एवं बि.बि.एम., एल.एल.बि. को प्रवेश परीक्षा उत्तीर्ण गरी त्रिभुवन विश्वविद्यालय, काठमाडौ विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गतका विभिन्न कलेजमा यस कलेजबाट कक्षा १२ उत्तीर्ण विद्यार्थीहरु अध्ययन गरिरहेको कुरा बताउनुहुन्छ अध्यक्ष भट्टराई ।

दुई दशक देखि वकालत गरिरहनुभएका एल। एल। एम। मा उत्कृष्ट श्रेणीमा उत्तीर्ण वरिष्ठ अधिवक्ताहरु तथा बिभिन्न कानून कलेजहरूमा अध्यापनरत प्राध्यापकहरूले अध्यापन गर्ने यस कलेजमा गेस्ट लेक्चररको रुपमा माननीय न्यायाधीशहरू, कानुन विषयका विज्ञहरु तथा अन्य बिषय विज्ञहरु, वरिष्ठ अधिवक्ताहरु, विदेशी विज्ञहरु साथै विभिन्न सरकारी तथा निजी निकायका कानुन विभाग प्रमुखहरु आउनुहुने कुरा कलेजका संयोजक दीपक कुमार लम्साल बताउनुहुन्छ ।

त्यसैगरी, विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि शैक्षिक क्रियाकलापका साथै अतिरिक्त क्रियाकलापमा पनि कलेजले विद्यार्थीहरूको सहभागिता सुनिश्चित गरेको छ । अतिरिक्त विधाहरु फूटबल, फुटसल, भलिबल, बास्केटबल, संगीत (वाद्यवादन तथा गायन) नाटक, मार्सल आर्ट (तेक्वान्दो) लगायतका विधाहरु पनि विद्यार्थीहरूको रुचि अनुसार सिक्न पाउने व्यवस्था कलेजले गरेको छ ।

अतिरिक्त क्रियाकलाप अन्तर्गत अन्तर-संकाय तथा अन्तर(कक्षा विभिन्न शैक्षिक तथा खेलकुद प्रतियोगिताहरु जस्तै बक्तृत्वकला प्रतियोगिता, वादविवाद प्रतियोगिता, हाजिर जवाफ प्रतियोगिता, हिज्जे प्रतियोगिता लगायत वृहत खेलकुद महोत्सव सञ्चालन गर्ने गरिएको छ ।

विभिन्न समयमा विभिन्न सामाजिक कार्यहरु जस्तै रक्तदान कार्यक्रम, समुदाय सरसफाइ, स्वास्थ्य शिविर, बृद्धाश्रम तथा अनाथालयमा सहयोग लगायतका स्वयंसेवी क्रियाकलापहरुमा पनि विद्यार्थीहरुलाई सहभागी गराउने गरिएको छ ।

यसैगरी मनोरञ्जनात्मक कार्यक्रमहरुमा कलेजले वर्षको दुई पटक हाइकिङ, एकपटक वनभोज, तथा एकपटक शैक्षिक भ्रमण पनि लैजाने गरेको कुरा गर्नुहुन्छ कलेज प्रशासक बसन्त पोखरेल ।

कलेजले सांस्कृतिक गतिविधि आदानप्रदानको लागि चाइना कल्चरल सेन्टर, रसियन कल्चरल सेन्टर लगायतका अन्य स्थानहरुमा पनि लाने गरेको छ ।

कलेजले नयाँ विद्यार्थीहरूको भर्ना पश्चात अडिटोरियम हलमा पेशागत सर्वोच्चता हासिल गरेका तथा विभिन्न विषय विज्ञहरूको उपस्थितिमा विद्यार्थी अभिमुखीकरण कार्यक्रम गर्ने गरेको छ ।

नयाँ कक्षा ११ को विद्यार्थीलाई स्वागत तथा आफ्नो अध्ययन पुरा गरी कलेज छोड्न लागेका कक्षा १२ का विद्यार्थीहरूलाई बिदाइको लागि सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गर्ने गरेको छ ।

कलेजले समय समयमा वृहद् शैक्षिक प्रदर्शनी पनि आयोजना गर्ने गरेको छ ।

त्यसैगरी वर्षको एकपटक बिदेशी विद्यालयका विशेष गरी अष्ट्रेलियाका कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरूसँग संयुक्त रुपमा यस कलेजका कक्षा ११ र १२ का विद्यार्थीहरुलाई कार्यशाला गोष्ठी (Workshop) मा संलग्न गर्ने गरिएको छ । उक्त कार्यशाला गोष्ठी (Workshop) मा विशेषज्ञका रूपमा प्रायजसो चार्ल्स स्टर्ट युनिभर्सिटी अस्ट्रेलियाका प्रोफेसरहरू रहने गरेको बताउनुहुन्छ कलेज संयोजक लम्साल । बर्षामा एक महिना बिदेशी शिक्षक तथा शिक्षिकाहरूबाट अध्यापनको ब्यबस्था पनि गरिएको छ।

नियमित रुपमा अभिभावकहरूसँग सम्पर्क कायम गरी विद्यार्थीहरूको पठनपाठन, गृहकार्य तथा अन्य शैक्षिक क्रियाकलापहरूमा नियमित निगरानी गर्ने परम्परा रहेको कलेजले देशकै नमुना कलेजको रूपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।