शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नवौँ इन्डो नेपाल खुल्ला कराँते प्रतियोगितामा नेसनल युनाइटेड स्कुल टिम च्याम्पियन (तस्बिरसहित)


  • सोमबार, जेष्ठ २२ २०८०
13.2K
SHARES

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेशचोक हात्तिगौंडामा रहेको नेसनल युनाइटेड स्कुलको आयोजनामा नवौं इन्डो नेपाल खुल्ला कराते प्रतियोगिता २०२३ सम्पन्न भएको छ । कराते प्रतियोगिताको यस श्रृंखला अन्तर्गत नेपाल तथा भारतका विभिन्न डोजो तथा विद्यालयका गरि २५० भन्दा बढी खेलाडीहरुले विभिन्न तौल समुहमा २४ स्वर्ण, २४ रजत तथा ४८ कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको दोस्रो दिन जेष्ठ २० गते बाँकी रहेका स्पर्धाहरुको खेल संचालन गरिएको थियो िप्राप्त पदकको आधारमा नेसनल युनाइटेड स्कुल टिम प्रथम, छिमेकी मित्रराष्ट्र भारतबाट सहभागी टिम द्वित्तीय तथा शिवपुरी डोजो टिम तृतीय भई ट्रफी चुम्न सफल भए । प्रतियोगिता भर गरेको प्रदर्शनको आधारमा पुरुषतर्फ मित्रपार्क डोजोका श्रियांश शाही तथा महिलातर्फ श्री कालिका शरन स्कुलकी लक्ष्मी वाइवाले उत्कृष्ट खेलाडीको ट्रफी प्राप्त गरे ।

नेसनल युनाइटेड स्कुलकी प्रिन्सिपल शायरा हमालको सभापतित्व तथा बूढानीलकण्ठ नगरपालिका वडा नं. १० का वडा अध्यक्ष एवम् नगर प्रवक्ता नबराज भट्टराई को प्रमुख आतिथ्यतामा सम्पन्न समापन समारोहमा विजेता खेलाडीहरुलाई अन्तराष्ट्रिय कराते रेफ्री राम लामा, नेपाल गोजु–काई कराते महासंघका उपाध्यक्ष एवम् नेसनल युनाइटेड स्कुलका संस्थापक जेबी हमाल, कलकत्ता कराते क्लब गोजु–काई कराते डो वेष्ट बंगालका प्रमुख प्रशिक्षक श्री ललित कुमार साव, नेपाल गोजु–काई कराते महासंघका सदस्य शुशील राज उप्रेती, प्याब्सन टोखा नगर समितिका कोषाध्यक्ष महेश पाण्डे लगाएतले प्रमाणपत्र, मेडल एवम् ट्रफी वितरण गर्नुभएको थियो ।

विविध सांस्कृतिक कार्यक्रम सहितको समापन समारोहमा अतिथि वक्ताहरुले अन्तराष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिनुका साथै खेलकुदका माध्यमबाट शारीरिक र मानसिक रुपमा स्वस्थ रहन सकिने कुरामा जोड दिनुभयो ।

तस्विरः नेसनल युनाइटेड स्कूल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा