शनिबार, साउन ९ २०८३
ताजा अपडेट

नेसनल युनाइटेड स्कुलमा विद्यार्थीहरूको चुनाव सम्पन्न (हेर्नुस् तस्बिरसहित)


  • आइतबार, जेष्ठ १४ २०८०
19.2K
SHARES

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेसनल युनाइटेड स्कूलले यस वर्षको शैक्षिक सत्रका लागि स्कुल क्याप्टेन, भाइस क्याप्टेन, हाउस क्याप्टेन, हाउस भाइस क्याप्टेनहरू छनोट गरेको छ । चुनावको माध्यमबाट उक्त पद छनोट गरिएको हो ।

विद्यार्थीहरूलाई प्रजातान्त्रिक विधिका बारेमा जानकारी गराउन साथै माध्यमिक तहको सामाजिक अध्ययन विषयको प्रयोगात्मक अभ्यास स्वरुप विद्यालयले चुनावको आयोजना गरेको थियो ।

चुनाव अघि नै उम्मेदवारको नाम दर्ताको लागि निश्चित दर्ता शुल्कको मापदण्ड समेत निर्धारण गरी उम्मेदवारी माग गरिनुका साथै अन्तिम मतदाता नामावली प्रकाशन गरिएको थियो भने उम्मेदवारहरुले कार्यपत्रसमेत निर्वाचन समितिमा बुझाएका थिए । विभिन्न १० पदका लागि ३७ जना उम्मेदवारहरूले उम्मेदवारी दिएका थिए । ५ कक्षाका छात्र मनिष सिलवालले लामबद्घ भएर भोट खसाल्दा निकै रमाइलो र नयाँ अनुभव गरेको कुरा बताए ।

मतदान प्रक्रिया चुस्त र छिटोछरितो बनाउनको लागि मतदान अधिकृत तोकिनुका साथै शिक्षक कर्मचारी तथा स्वयम्सेवकलाई परिचालन गरिएको थियो । त्यसैगरी मतदाताहरूलाई पङ्क्तिबद्ध बनाएर मत खसाल्ने वातावरण तय गरिएको थियो । उक्त चुनावमा आफूलाई उचित लागेका उम्मेदवारलाई गोप्य ठाउँमा गई स्वस्तिक चिह्नले छाप लगाएर विद्यार्थीहरूले मतपेटिकामा क्रमशः मतपत्र खसालेका थिए ।

मतदाता नामावलीमा नाम हेर्दै निर्वाचनमा खटिएका शिक्षकहरूले भोट खसाल्नुअघि मतदाताको दायाँ बूढी औंलाको नङमा संकेतार्थ मसी दलेका थिए । उक्त चुनावमा कक्षा २ देखि १० कक्षा सम्मका विद्यार्थीहरू, विद्यालयका शिक्षक तथा कर्मचारीहरु मतदाता रहेका थिए । खसेको मत मध्ये सम्पूर्ण मत सदर भएको थियो िनिर्वाचनमा घोषित मत परिणाम अनुसार कक्षा १० का छात्र प्रितम राई निकटतम प्रतिस्पर्धीलाई २१२ मतले पछि पार्दै स्कुल क्याप्टेनमा विजयी हुँदा कक्षा १० कै छात्रा आयुष्का यादव स्कुल भाइस क्याप्टेनमा विजयी भइन ।

यसैगरी ब्लु हाउसको क्याप्टेनमा सुप्रिया राई र भाइस क्याप्टेनमा समिप सुवेदी, ग्रिन हाउसको क्याप्टेनमा मनिष राउत र भाइस क्याप्टेनमा सञ्चिता तामाङ्ग, रेड हाउसको क्याप्टेनमा कुन्साङ्ग राई र भाइस क्याप्टेनमा सन्तोष महर्जन तथा यल्लो हाउसको क्याप्टेनमा रिजोन घिमिरे र भाइस क्याप्टेनमा सिम्रिता सुवेदी निर्वाचीत भए ।

निर्वाचन सम्पन्न भएपश्चात् निर्वाचन समिति र विभिन्न पदका उम्मेदवारका प्रतिनिधिहरूको रोहबरमा मतगणना कार्य गरिएको थियो । निर्वाचीत उम्मेदवारहरुलाई सुसोभन समारोहमा सपथ ग्रहण गराइ प्रमाण पत्र वितरण गरिने विद्यालयले जानकारी गराएको छ ।

तस्विरः नेसनल युनाइटेड स्कूल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा