बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

चुनिखेलमा भव्य सांस्कृतिक कार्यक्रम हुने


  • KTM Khabar
  • बिहिबार, बैशाख २१ २०८०
2.8K
SHARES

काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेल स्थित नौलिन भद्रकाली जात्रा तथा शान्तिका अग्रदुत भगवान गौतम बुद्ध जयन्तीको पावन अवसरमा सांस्कृतिक कार्यक्रमको आयोजना हुँदैछ ।

ड्रायगन युवा क्लवको आयोजनामा तेस्रो बृहत सांस्कृतिक तथा सांगितिक कार्यक्रम २०८० हुन लागेको हो ।

कार्यक्रम २०८० बैशाख २२ गते शुक्रबार बु.न.पा. १३ स्थित गाम्चा चौरमा आयोजना हुँदैछ । कार्यक्रम दिनको १ बजेदेखि शुरु हुनेछ ।

सांस्कृतिक कार्यक्रममा नेपाली संस्कृति झल्कने किसिमका गीत–संगित, नृत्य तथा नेपाली सांगितिक ब्याण्डका प्रस्तुतिहरु समेटिने छन् ।

कार्यक्रममा चर्चित कलाकार बद्री पंगेनी, प्रती आले, एलिना चौहान, टिका प्रसाई, सरोज लामिछाने सुरेश लामा, राईजिङ्ग ब्याण्ड लगायतको प्रस्तुतिहरु रहनेछन्। कार्यक्रमको उद्घोष कमल सरगमले गर्नेछन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा