बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

लियो जिल्ला उपाध्यक्षमा मिलन शाहीको उम्मेदवारी, यस्ता छन् मूल एजेन्डा


  • KTM Khabar
  • मंगलबार, बैशाख १२ २०८०
21.3K
SHARES

काठमाडौँ । लियो जिल्ला परिषद् ३२५ डी अन्तर्गतको जिल्ला उपाध्यक्षमा मिलन शाहीले उम्मेदवारी दिएका छन् । आगामी वैशाख १६ गते हुने निर्वाचनमा शाहीले जिल्ला उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

कुशल लिडर, स्पष्ट वक्ता, मेहनती तथा समाजसेवी शाही जित्ने लक्ष्यसहित उपाध्यक्षमा आफ्नो सशक्त उम्मेदवारी दिएका हुन् । उनले समाजसेवाका माध्यमका रूपमा सन् २०१५–१६ मा लायन्स क्लब अफ काठमाडौँ क्रिएटिभ ओमनको स्पन्सरमा खोलेका थिए । पछि लियो क्लब अफ काठमाडौँ क्रिएटिभ बनाएका छन् । उनले जिल्ला टेल ट्विटर, कमिटी अध्यक्ष, रिजन संयोजक,रिजन अध्यक्ष, एरिया अध्यक्ष,मुख्य एरिया अध्यक्ष र हाल लियो जिल्ला परिषद् ३२५ का जिल्ला सचिवका रूपमा कार्यरत रहेका छन् ।

उनी आफ्नो होम क्लब काठमाडौँ क्रिएटिभ बाट ३० भन्दा धेरै लियो क्लबलाई समावेश गरी हजारभन्दा बढी मानिसको उपस्थितिमा दुई पटकसम्म क्रिएटिभ फेस्टिभल गर्न सफल भए । उनले फोटोग्राफी र उद्घोषण सम्बन्धी तालिम पनि दिने गरेका छन् । लियो बारे बुझाउन ३० भन्दा धेरै ओरिएन्टेसन् दिइसकेका छन् । उनले लियो प्रवेश गरे देखि ३०० भन्दा धेरै समाजसेवाका कार्य गरिसकेका छन् । जसमा ५०० पिन भन्दा धेरै रगत सङ्कलन, न्यानो कपडा वितरण र वृद्धाश्रम लगायत अनाथालयमा खाना र पाठ्यपुस्तक वितरण जस्ता काम गरिसकेका छन् ।

जिल्ला उपाध्यक्ष भइसके पछिका योजनाहरू समेट्दै लियो बारे बुझाउने तालिम, फोटोग्राफी, ग्राफिक्स डिजाइन, उद्घोषण, औपचारिक पत्र लेखन, नेतृत्व विकासलाई कसरी प्रभावकारी बनाउने , व्यवसाय सम्बन्धी विभिन्न तालिमहरू दिने र गराउने लक्ष्य लिएका छन् । लियोहरुको आवाज सुन्ने कार्यक्रमहरू र सरसफाइ अभियानलाई जोड दिने लक्ष्य राखेका छन् ।

उनले आफ्नो लक्ष्यको रूपमा जिल्ला उपाध्यक्ष हुँदै जिल्ला अध्यक्ष र लियो मल्टिपल जिल्ला अध्यक्ष बन्ने र सधैँ लियो संस्था तथा समाजप्रति सहयोगको हात बढाउने लक्ष्य राखेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा