काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेसनल युनाइटेड स्कूलले शिक्षक कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ । यहि बैशाख ३ गते आइतबारदेखि शैक्षिक सत्र २०८० को लागि विद्यालयको मानव स्रोत व्यवस्थापन विभागद्वारा आयोजित शिक्षकहरुको तीन दिने कार्यशाला सम्पन्न भएको हो ।

कार्यशालाको तेस्रो तथा अन्तिम दिन बैशाख ५ गते मंगलबार शिक्षकहरुले अघिल्ला दुई दिनको कार्यशालामा शैक्षिक सत्र २०८० का लागी आ–आफ्ना विषयमा तयार पारेका विविध शैक्षणिक योजनाहरु प्रस्तुत गरेका थिए िशिक्षकहरुले गर्नु भएको प्रस्तुतीकरणको कार्यशालाका स्रोत व्यक्तिहरु बूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका स्रोत व्यक्ति रुद्र कार्की, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह–प्राध्यापक रेवती प्रसाद दाहाल तथा विद्यालयका संस्थापक जेबी हमालले अवलोकन गर्नुका साथै आवश्यक पृष्ठपोषण समेत प्रदान गर्नुभएको थियो ।

विद्यालयले आयोजना गरेको कार्यशालामा शिक्षकहरूको उत्साहजनक रुपमा सहभागिता रहेको थियो ियसरी कार्यशालामा भाग लिएर शिक्षण सिकाईको लागि योजना तयार गर्न पाएकोमा शिक्षकहरूले खुशी व्यक्त गरे ।

शिक्षकहरुको पेशागत तथा वृत्ति विकासमा सहयोग पुग्ने यस्ता कार्यशाला, गोष्ठी, तालिम लगाएतका कार्यक्रमहरूमा विद्यालयको मानव स्रोत व्यवस्थापन विभागले आगामी दिनमा पनि निरन्तरता दिने बताएको छ ।

विद्यालयले नयाँ शैक्षिक सत्र २०८० येही वैशाख ६ गते बुधबारदेखी संचालन हुने जानकारी गराएको छ । विद्यालयकी प्रिन्सिपल शायरा हमालले श्रोत व्यक्तिहरूको पेशागत दक्षता तथा शिक्षकहरूको अथक मिहिनेतले कार्यशाला उत्कृस्ट रुपमा सम्पन्न भएको सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो । साथै यसरी कार्यशालामा तयार पारिएको योजना अनुरुप नै वर्षभरी विद्यालयमा शिक्षण सिकाई क्रियाकलापलाई अगाडी बढाउने कुरा बताउनुभयो ।











तस्विरः नेसनल युनाइटेड स्कूल