बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

पासाङल्हामु राजमार्ग निर्माणलाई प्राथमिकता दिन भौतिक मन्त्रीलाई गराइयो ध्यानाकर्षण


  • KTM Khabar
  • शनिबार, बैशाख ९ २०८०
4.3K
SHARES

काठमाडौँ । पासाङल्हामु राजमार्गअन्तर्गत बालाजुदेखि नुवाकोटको रानीपौवा हुँदै पीपलटारसम्मको सडकको तत्काल पुनः ठेक्का लगाई तीव्रताका साथ काम गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराइएको छ ।

नुवाकोटका पूर्वसांसद एवं नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य राजेन्द्रप्रकाश लोहनीको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले उक्त विषयमा ध्यानाकर्षण गराएको थियो ।

छिमेकी चीनको केरुङसम्म जोडिएको मार्ग नौ वर्षदेखि असरल्ल अवस्था छ । टोखा छहरे सुरुङमार्ग निर्माणको काम अघि बढाउन पनि माग गरे ।

ध्यानाकर्षण गराइएपछि मन्त्री ज्वालाले उक्त सडक र सुरुङ निर्माणकार्यलाई प्राथमिकता दिने आश्वासन दिएका छन् ।

उक्त ध्यानकर्षणका लागि अधिवक्ता वसन्त बस्नेत, विदुर नगरपालिका–६ का पूर्वअध्यक्ष राजु सडौैला, शिवपुरी गाउँपालिका–४ का पूर्ववडा सदस्य सन्तोष थापा, समृद्ध नुवाकोट अभियानका महासचिव माधवप्रसाद तिवारीलगायत सहभागी रहेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा