काठमाडौँ । यहि वैशाख ६ गते रातो सूर्य डटकममा बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित सिद्धेश्वर मन्दिरको जग्गा गुमेको समाचार छापिएको थियो । सोही कथालाई पछ्याउँदै पत्रकार आशिष गुरागाँईले वैशाख ७ गते मन्दिरमा भिडियो फोटो खिच्न र स्थानीय राजनीतिक दल र स्थानीयको प्रतिक्रिया रेकर्ड गर्न गएका थिए ।
मन्दिरमा हुँदा आशिषले स्थानीय वासीको प्रतिक्रिया र मिचिएको जमिनको भिडियो उतारे र अर्को अन्तर्वार्ताको तयारी गर्दा आशिष चिया खान गए । नेपालीकांग्रेस बूढानीलकण्ठ नगरपालिका वडा नम्बर १० का वडा सभापति नारद खतिवडाको विचार सुने । त्यस बेला नेकपा एमालेका कार्यकर्ता रामकुमार पोखरेल पछाडिबाट आएर आशिषमाथि लाठी प्रहार गर्न थाले । उक्त लाठीबाट गुरागाईको हात लगायतको ठाउमा गम्भिर चोट लाग्नु पुगेको छ ।
आशिषले सोही साँझ कपन प्रहरी, प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ र सञ्चार रजिष्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । तर, प्रहरीले आशिषमाथि आक्रमण गर्न प्रयोग गरिएको लठ्ठीसमेत खोजि गरेको छैन । न त घटनाको सीसीटीभी फुटेज नै फेला पारेको छ ।
आशिष यो घटनलाई मुद्दालाई कानुनी रूपमा सम्हाल्ने इच्छा गरेका छन् । तर, प्रहरीले उनलाई आक्रमणकारीसँग सम्झौता गर्न राति अबेर बोलाएको थियो । आशिषले त्यसो गर्न अस्वीकार गरे र नतिजा स्वरूप, पुलिसले आक्रमण गर्ने व्यक्तिलाई छोड्यो। तर हामी घटना स्थल पुग्दा भने आशिष माथि प्रहार भएको लट्ठी घटना स्थलमै भेटियो ।
घटनाको उचित अनुसन्धान गर्न प्रहरीको तर्फबाट प्रमाण र प्रयासको अभाव पनि चिन्ताजनक छ । यसले नेपालमा कानुन कार्यान्वयन गर्ने निकायको जवाफदेहिता र पत्रकारको अधिकारको संरक्षणमा उनीहरूको प्रतिवद्धतामाथि प्रश्न खडा गरेको छ ।