बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

नेसनल युनाइटेडले शिक्षकका लागि गर्यो भव्य कार्यक्रम (तस्बिरसहित)


  • KTM Khabar
  • बुधबार, बैशाख ६ २०८०
6.6K
SHARES

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेसनल युनाइटेड स्कूलले शिक्षकका लागि विशेष कार्यक्रमको आयोजना गरेको छ । यस वर्षको शैक्षिक सत्रलाई मध्यनजर गर्दै शिक्षक कार्यशाला कार्यक्रमको आयोजना गरेको हो ।

यहि बैशाख ३ गते आइतबारदेखि शैक्षिक सत्र २०८० को लागि विद्यालयको मानव स्रोत व्यवस्थापन विभागद्वारा आयोजित तिन दिने शिक्षकहरुको कार्यशाला सुरु गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह–प्राध्यापक रेवती प्रसाद दाहालको सभापतित्वमा सुरु भएको कार्यशालामा विद्यालयमा अध्यापनरत सम्पूर्ण शिक्षकहरुको सहभागिता रहेको थियो ।

कार्यशालाको पहिलो दिनको उदघाटन सत्र समारोहमा कार्यक्रमको औपचारिक सुरुवात पश्चात विद्यालयका संस्थापक जेबी हमालले कार्यक्रमको तालिका तथा शैक्षिक सत्र सुरुवातमा गरिने यस प्रकारको कार्यशालाको आवश्यकता बारेमा प्रकाश पार्दै सफलताको शुभकामना दिनुभयो िकार्यशालाको पहिलो खण्डमा कार्यक्रमका सभापति एवम् स्रोत व्यक्ति दाहालले कक्षाकोठाको व्यवस्थापन, शिक्षण विधि, सिकाइका विविध आयामहरु, शिक्षकको भूमिका लगाएतको विषयमा शिक्षकहरुलाई प्रशिक्षण दिनुभयो िबूढानीलकण्ठ नगरपालिका शिक्षा, युवा तथा खेलकुद महाशाखाका स्रोत व्यक्ति रुद्र कार्की, सभापति दाहाल, संस्थापक हमाल, प्रिन्सिपल शायरा हमाल, इन्चार्जहरु सरोज राज उपाध्याय र रेनुका कुमाई कार्यशालाको स्रोत व्यक्ति रहनु भएको विद्यालयले जनाएको छ ।

तीन दिने कार्यशालाको पहिले दिन विद्यालयका इन्चार्जहरु रेनुका कुमाई र सरोज राज उपाध्यायले विद्यालयमा प्रवेश गरे पश्चात शिक्षकहरुले ध्यान दिनुपर्ने विविध विषयहरु, विद्यालयमा प्रयोग हुने शैक्षिक कागजातहरु, मूल्यांकन पद्धति, वार्षिक एवम् दैनिक पाठयोजना निर्माण, परीक्षा प्रणाली लगाएतका शीर्षकमा कार्यशाला संचालन गरेका थिए । कार्यशाला बैशाख ५ गते मंगलबारसम्म संचालन हुने विद्यालयको मानव स्रोत व्यवस्थापन विभागले जनाएको छ ।

तस्विरः नेसनल युनाइटेड स्कूल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा