एजेन्सी । विश्व चर्चित प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले शानदार जित निकालेको छ । शनिबार भएको खेलमा नटिङहम फरेस्टलाई पराजित गर्दै अर्को तिन अंक जोड्न सफल भएको छ ।
उक्त खेलमा ब्राजिली विंगर एन्टोनी चम्किएका छन् । उनले एक गोलसँगै अर्काे असिस्ट प्रदान गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा शानदार जित हात पारेको हो ।
युनाइटेडले घरेलु टोली नटिङहम फरेस्टलाई २–० ले पराजित गरेको हो । उक्त जितसंगै लिगको शीर्ष चारमा रहने सम्भावना बलियो बनाएको छ ।
पहिलो हाफको ३२औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।
यस्तै खेलको ७६औं मिनेटमा डिएगो डालोटले गोल गर्दै युनाइटेडको जित पक्का गरे । उनले पहिलो गोल गरेका एन्टोनीको पासमा गोल गर्न सफल भएका थिए ।
यो जितसँगै युनाइटेड ३० खेलबाट ५९ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजिट नटिङहम ३१ खेलबाट २७ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।