एजेन्सी । विश्व चर्चित प्रिमियर लिगमा म्यानचेस्टर सिटीले जित हासिल गरेको छ । गएराति भएको विग म्याचमा सिटीले शानदार जित निकालेको हो ।
सिटीका लागि फेरी पनि एर्लिङ ब्राउट हालान्ड चम्किएका छन् । उनले दुई गोल गर्न सफल भए । जसबाट प्रिमियर लिगमा सहज जित हात पारेको छ ।
सिटीले घरेलु मैदानमा लेस्टर सिटीलाई ३–१ ले पराजित गरेको हो । सो जितसंगै शीर्षस्थानमा रहेको आर्सनलसँगको अंक दुरी छोट्याएको छ ।
सिटीको जितमा हालान्डले दुई गोल गर्दा जोन स्टोन्सले एक गोल गरे । लेस्टरका केलिची इहानाँचोले सान्त्वना गोल फर्काए ।
इतिहाद स्टेडियम म्यानचेस्टरमा शनिबार राति भएको खेलको पाँचौं मिनेटमा जोन स्टोन्सले गोल गर्दै सिटीलाई १–० को अग्रता दिलाए ।
१३औं मिनेटमा हालान्डले पेनाल्टीमा गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । २५औं मिनेटमा हालान्डले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि सिटी खेलमा ३–० ले अघि बढ्यो ।
७५औं मिनेटमा केलिचीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याएपनि त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।
यो जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ३ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको सिटीको ७० अंक पुगेको छ । पराजित लेस्टर ३१ खेलमा १९औं स्थानमा छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।