बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

रिभेरामा एसईई विद्यार्थीहरूको अन्तरविद्यालय बास्केटबल टुर्नामेन्ट सुरु (तस्बिर/भिडिओसहित)


  • KTM Khabar
  • आइतबार, बैशाख ३ २०८०
13.5K
SHARES

काठमाडौँ । चाबहिल, मैजुबहालमा रहेको रिभेरा इन्टरनेशनल एकेडेमीमा यस वर्ष एसईई परीक्षामा सामेल भएका विद्यार्थीहरूको अन्तरविद्यालय बास्केटबल टुर्नामेन्ट सुरु भएको छ । आज एक औपचारिक कार्यक्रमको आयोजना गर्दै विद्यालय प्राङ्गणमा ‘थ्री इन्टु थ्री बास्केटबल टुर्नामेन्ट’ सुरु गरिएको हो ।

छात्र र छात्रा दुवै टिमलाई टुर्नामेन्टमा सहभागी गराइएको छ । छात्रतर्फ ४० विद्यालय र छात्रातर्फ १० विद्यालय सहभागी भएका छन् । विजयी टिमलाई समापन कार्यक्रमका बिच पुरस्कृत गरिने स्कुल प्रशासनले जनाएको छ ।

विजयी टिम प्रथम, द्वितीय र तृतीयले ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

एसईई पश्चात् विद्यार्थीहरूले रिफ्रेसमेन्ट होस् भन्नका लागि पनि प्रतियोगिताको आयोजना गरिएको स्कूलका प्रिन्सिपल प्रज्वल कोइरालाले केटिएम खबरलाई जानकारी दिनु भयो । खेलप्रतिको मोह कायम होस्, खेलको मूल्य, मान्यतालाई एसईई पश्चात् पनि विद्यार्थीहरूले क्रमशः लैजान सकुन् भन्ने उद्देश्यका साथ टुर्नामेन्टको आयोजना गरिएको प्रिन्सिपल कोइरालाले बताउनु भयो ।

टुर्नामेन्टमा पहिलो हुने टिमलाई कक्षा ११ मा रिभेरामा अध्ययन गर्नका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिनेछ ।

भोलि नै समापन तथा पुरस्कार वितरण कार्यक्रम गर्दै विजयी टिमलाई पुरस्कृत गरिने जनाइएको छ ।

भिडिओमा हेर्नुहोस्:

थप तस्विरः

तस्विरः केटिएम खबर


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा