बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

युनाइटेडलाई नसोचेको क्षति, मुख्य खेलाडीले नै सिजन गुमाउने !


  • KTM Khabar
  • शनिबार, बैशाख २ २०८०
4.1K
SHARES

फाइल तस्विर

एजेन्सी । विश्व चर्चित फुटबल क्लब म्यानचेस्टर युनाइटेडलाई ठुलो क्षती भएको छ । मुख्य खेलाडीले यो सिजन गुमाउने भएपछि नसोचेको क्षती ब्यहोर्नु परेको छ ।

युनाइटेडका सेन्टर ब्याक लिसान्ड्रो मार्टिनेजले यो सिजनको बाँकी खेल गुमाउने भएका हुन ।


दायाँ खुट्टाको मेटाटर्सल हड्डी भाँचिएपछि उनले सिजनको बाँकी खेल गुमाउने भएको युनाइटेडले जनाएको छ ।

बिहीबार राति युरोपा लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब सेभियासँग २–२ गोलको बराबरीमा रोकिएको खेलमा मार्टिनेजले ठुलो चोट बोक्न पर्यो ।

खेलमा युनाइटेड २–१ ले अघि रहँदा २५ वर्षीय मार्टिनेज ८६औं मिनेटमा चोट बोक्न पुगेका हुन् ।

खेलमा परिवर्तन गर्ने खेलाडीको कोटा पनि सकिएपछि युनाइटेडले १० खेलाडीमा समेटिएर खेल्नुपरेको थियो ।

युनाइटेड अहिले प्रिमियर लिगको चौथो स्थानमा ९ खेल बाँकी छ र क्लब अझै एफए कप र युरोपा लिगमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा