शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

नेसनल युनाइटेडद्धारा पुरस्कार वितरण तथा सम्मान कार्यक्रम सम्पन्न (तस्बिरसहित)


  • मंगलबार, चैत्र २१ २०७९
16K
SHARES

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेसनल युनाइटेड स्कूलले अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रममा सर्वोत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । यहि सोमबार स्कूलको हलमा विशेष कार्यक्रमको आयोजना गर्दै विद्यार्थी पुरस्कृत गरेको हो ।

चालु शैक्षिक सत्र २०७९ को लागि संचालित वार्षिक परीक्षाको अन्तिम दिनमा परीक्षा सुरु हुनु अघि “अतिरिक्त क्रियाकलाप तथा खेलकुद कार्यक्रम २०७९“ मा छात्रतर्फ सर्बोत्कृष्ट भएका कक्षा ५ का छात्र प्रभव प्याकुरेल तथा छात्रातर्फ सर्बोत्कृष्ट भएकी कक्षा ९ कि छात्रा जेनिशा खत्री लगाएत अन्य विजेता विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल, प्रधानाध्यापक शायरा हमालले पुरस्कृत गर्नुभएको थियो । त्यसैगरी प्राप्त नतिजाका आधारमा २९९० अंकका साथ टिम प्रथम हुन सफल यल्लो हाउस, २७२० अंक सहित द्वित्तीय हुन सफल ग्रिन हाउस तथा २६९० अंक प्राप्त गरि तृतीय हुन सफल रेड हाउसलाई रनिंग शिल्ड अन्तर्गत ट्रफीद्वारा पुरस्कृत गरिएको थियो ।

उक्त कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक शायरा हमाल, एकेडेमिक इन्चार्जहरु सरोज राज उपाध्याय र रेनुका कुमाई तथा अतिरिक्त क्रियाकलाप इन्चार्ज सुरेश श्रेष्ठलाई शैक्षिक सत्र २०७९ लाई सफल बनाउन खेलेको भूमिकाका लागि विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहालद्वारा सम्मान गरिएको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य राख्दै संस्थापक हमालले विद्यार्थीहरुलाई परीक्षाको शुभकामना दिनुहुँदै विद्यार्थीको सर्वांगीण विकासका लागि विद्यालयले प्रदान गर्दै आएका एवम् हाल सालै थप गरिएका भौतिक सुविधाहरुको चर्चा गर्दै आगामी शैक्षिक सत्र २०८० को लागि कक्षा नर्सरीदेखि ९ कक्षासम्म सिमित सिटहरुमा भर्नाको लागि प्रवेश परीक्षाहरु सुचारु रहेको जानकारी गराउनुभयो ।

तस्विरः नेसनल युनाइटेड स्कूल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा