युवा निर्माण ब्यबसायी राजन गौतमले मुलुकलाई आर्थिक विकासको गतिमा दौडाउन व्यावहारिक नीतिको आवश्यकता रहेको बताएका छन् । काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघका उपमहासचिव समेत रहेका उनले निमार्ण ब्यबसायमा भएका समस्या तथा चुनौतीमा सरकार गम्भिर भएर लाग्नु पर्ने बताएका हुन् ।
सबै समस्याहरु निर्माण ब्यबसायी मा मात्र छन् भन्ने भ्रम जनताले बुझ्न नहुने बताउदै सरकार पक्ष समेत उतिकै जिम्मेवार रहेको उनको भनाई छ । निर्माण ब्यवसायीहरु गैर जिम्मेवार बन्दै गएका हुन भन्ने हाम्रो प्रश्नमा, उनी भन्छन् ब्यवसायीहरु पुर्ण जिम्मेवार भएर काम गर्नु पर्छ । काम गर्ने क्रममा यदाकदा त्रुटी हुन सक्छन् तर समन्धित निकायले हेर्ने कुरा हो । सामान्य कतै त्रुटी भए भन्दैमा सबै ब्यवसायीहरु गलत छन् भन्ने भ्रम छर्न नहुने उनको तर्क छ । उनी भन्छन् निमार्ण ब्यबसायीहरु पुर्णरुपमा बिकासको पक्षमा छन् ।
अझ अगाडी थप्दै गौतम भन्छन् हामी निर्माण ब्यबसायीहरु सिस्टमेटिक तवरबाट काम गर्न चाहान्छौ । सिष्टमेटिक तवरबाट काम गरेर राज्यमा बिकासको मुलफुटाउने चाहना हामि ब्यबसायीहरुको हो । तर राज्य पनि उतिकै जिम्मेवार बन्नु पर्छ भन्ने हाम्रो कुरा हो ।
हामी व्यवसायीहरुले निर्माण क्षेत्रलाई कसरी व्यवस्थित बनाउन सकिन्छ भन्ने सम्बन्धमा राज्य पक्षलाई लामो समय देखि भन्दै आएका छौ । हाम्रा समस्या समाधानमा राज्यले खासै चासो राखेको अवस्था देखिदैन ।
व्यवसायलाई सुरक्षित र व्यवस्थित तवरले सञ्चालन गर्नुपर्छ भन्नेमा हामी ब्यसायीहरुको जोड हो । निर्माण व्यवसायमा संलग्न व्यक्तिहरुलाई राज्य पक्षबाट हेरिने दृष्टिकोण र गरिने व्यवहार सकारात्मक हुनु आबस्यक छ ।
राज्यबाट व्यवसायीको पक्षमा कुनै पनि नीतिहरु नबन्नु र व्यवसायीका आवाजहरु सुनुवाई नहुनु अर्को गम्भिर समस्या हो । त्यसैले राज्य पक्षबाट ब्यवसायीहरुको पक्षमा नीतिहरु अबिलम्ब बन्न आबस्यक देखिन्छ ।
दिगो र दरिलो पूर्वाधार निर्माण गर्ने लगायतका सम्बन्धमा राज्यले निती नियम बनाएर काम गर्नु पर्छ । तर ठिक उल्टो देखिन्छ निर्माण ब्यबसायीबाट आफूअनुकल कसरी फाईदा लिने भन्ने सोचाई सम्बन्धित निकायका मान्छेहरुको छ यसले यो क्षेत्र तुलनात्मक रुपमा अझ कमजोर बन्दैछ । यसलाई सम्बोधन गर्न दरिलो ऐन राज्यले बनाउनु पर्छ । निर्माण ब्यबसायीको हक हीत र बिकास निर्माणको पक्षमा सधै आफु रहेको उनको भनाई छ ।