बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

विग म्याचमा सिटीको शानदार जित !


  • KTM Khabar
  • आइतबार, चैत्र १९ २०७९
5.7K
SHARES

एजेन्सी – म्यानचेस्टर सिटीले विश्व चर्चित लिग इंग्लिस प्रिमियर लिगमा लिभरपुलमाथि सानदार जित निकालेको छ । उक्त विग म्याच जितेसंगै लिगको उपाधि जित्ने सम्भावना झनै जीवित कायम गरेको छ ।

सिटीले घरेलु मैदानमा भएको खेलमा लिभरपुलमाथि ४–१ को सानदार पूनरागमन जित निकालेको हो ।

सिटीको उक्त जितमा जुलियन अल्भारेज, केभिन डि ब्रुएना, इल्केए गुन्डोगान र ज्याक ग्रेलिसले गोल गरे ।

लिभरपुलका लागि मोहम्मद सलाहले गोल गरेका छन् ।

इतिहाद स्टेडियममा भएको खेलको १७औं मिनेटमा डिएगो जोटाको पासमा सलाहको गोलबाट घरेलु टोली सिटी खेलमा पछि परेको थियो ।

खेलको २७औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट सिटी खेलमा फर्कियो । उनले ज्याक ग्रेलिसको पासमा गोल गर्दै खेललाई पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै खेलको ४६औं मिनेटमा केभिन डि ब्रुएनाले रियाद महारेजको पासमा गोल गर्दै सिटीलाई २–१ को अग्रता दिलाए ।

खेलको ५३औं मिनेटमा गुन्डोगानको गोलबाट सिटी ३–१ ले अघि बढ्यो । त्यसपछि ७४औं मिनेटमा ब्रुएनाको पासमा ज्याक ग्रेलिसले गोल गर्दै सिटीलाई ४–१ को सानदार जित दिलाए ।

यो जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी ५ मा छोट्याएको छ । सिटीको २८ खेलबाट ६४ अंक पुगेको छ । समान खेलबाटै आर्सनलको ६९ अंक छ ।

पराजित भएको लिभरपुल ४२ अंक जोडेर छैटौं स्थानमा छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा