शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

नेसनल युनाइटेडले गर्यो विद्यार्थीलाई पुरस्कृत (हेर्नुस् तस्बिरमा)


  • शुक्रबार, चैत्र १७ २०७९
12.4K
SHARES

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेसनल युनाइटेड स्कूलले आफ्ना अध्ययनरत विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । स्कूलको नवनिर्मित अत्याधुनिक अडियोटोरिएम हलमा विशेष कार्यक्रमको आयोजना गर्दै विद्यार्थीहरुलाई पुरस्कृत गरेको हो ।

यहि चैत्र १६ गते बिहिबार शैक्षिक सत्र २०७९ मा भएका विविध शैक्षिक तथा अतिरिक्त क्रियाकलापहरुमा विजेता हुन सफल कक्षा ८ का विद्यार्थीहरुलाई पुरस्कृत भएका छन् ।

शैक्षिक सत्र २०७९ मा संचालन भएका फुटसल, बास्केटबल, ब्याडमिन्टन, टेबल टेनिस, बुद्धिचाल, क्यारमबोर्ड, चित्रकला, हस्तलेखन, गायन, नृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, स्पेलिंग कन्टेस्ट, रोड रेस, रिले रेस, फिल्ड भिजिट रिपोर्ट प्रिजेन्टेसन लगाएतका विभिन्न विधामा विजेता बन्न सफल विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल, प्रधानाध्यापक शायरा हमाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले पुरस्कृत गर्नुभएको थियो ।

बूढानीलकण्ठ नगरपालिकाद्वारा लिइएको आधारभूत तह परीक्षाको समाप्तीसंगै आयोजित पुरस्कार वितरण समारोहमा पुरस्कृत हुने विद्यार्थीहरु मध्ये अनुष्का गिरि ७ विधा, प्रतिक्षा थापा ८ विधा तथा सुप्रिया राई ११ विधामा पुरस्कृत भए । आफ्नै अभिभावकको हातबाट पुरस्कृत हुन पाउँदा अत्यन्तै खुशी एवम् उत्साहित रहेको प्रतिक घिमिरेले बताए ।

पुरस्कार वितरण कार्यक्रममा संस्थापक हमालले विद्यालयको स्थापना कालदेखि हालसम्म भएका क्रियाकलाप र उपलब्धिहरु साथै आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दाहालले विजेता हुन सफल विद्यार्थीहरुलाई बधाई दिनुका साथै आधारभूत तह परीक्षामा उत्कृष्ट नतिजाको लागि शुभकामना दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन सहित अभिभावक, विद्यालय र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धबाट आशातित शैक्षिक उपलब्धि हासिल गर्न सकिने कुरा बताउनुभयो ।

तस्विरः नेसनल युनाइटेड स्कूल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा