एजेन्सी । अर्जेन्टिनाका कप्तान तथा स्टार फरवार्ड लियोनेल मेस्सीले फेरी ह्याट्रिक गरेका छन् । ब्याक टु ब्याक गोल गरिरहेका मेस्सीले मैत्रीपुर्ण खेलमा ह्याट्रिक गर्न सफल भएका हुन् ।
उनले ह्याट्रिकको मद्दतमा अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सानदार फराकिलो जित निकाल्न सफल भएको छ ।
अर्जेन्टिनाले कोन्काफको कुराकाओमाथि ७–० गोलको फराकिलो जित निकाल्न सफल भएको छ । ।
अर्जेन्टिनाको जितमा मेस्सीले ह्याट्रिक पूरा गर्दा निकोलस गोन्जालेज, एन्जो फर्नान्डेज, एन्जल डि मारिया र गोन्जालो मोन्टिएलले समान एक गोल गरे ।
खेलको २०औं मिनेटमा पहिलो गोल गरेका मेस्सीले ३३ र ३७औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे । उनको यो ३७औं ह्याट्रिक हो ।
यस्तै, खेलको २३औं मिनेटमा निकोलस गोन्जालेजले तथा ३५औं मिनेटमा एन्जोले गोल गरेका थिए । ७८औं मिनेटमा एन्जल डि मारियाले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई फराकिलो जिततर्फ अग्रसर गराए । ८७औं मिनेटमा गोन्जालो मोन्टिएलले गोल गर्दै अर्जेन्टिनालाई शानदार जित गराए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।