काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, गणेश चोकमा रहेको नेसनल युनाइटेड स्कूलले अध्ययनरत साना नानीबाबुहरुलाई पुरस्कृत गरेको छ । यहि चैत्र १३ गते स्कूलको नवनिर्मित अत्याधुनिक हलमा विशेष कार्यक्रमको आयोजना गदै नानीबाबुहरुलाई पुरस्कृत गरेको हो ।

शैक्षिक सत्र २०७९ मा संचालन भएका चित्रकला, हस्तलेखन, गायन, बेलुन ब्लास्ट, गणितीय हाजिरीजवाफ, चकलेट रेस, स्पेलिंग कन्टेस्ट, मेमोरी गेम, रिडिंग स्किल लगाएतका विभिन्न विधामा विजेता बन्न विद्यार्थीहरुलाई विद्यालय व्यवस्थापन समितीका अध्यक्ष रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल, प्रधानाध्यापक शायरा हमाल तथा सम्बन्धित विद्यार्थीका अभिभावकहरुले पुरस्कृत गर्नुभएको थियो ।

विद्यालयकी प्रिन्सिपल हमालले पुर्व प्राथमिक तहमा विद्यालयले लिएको सिकाई रणनीति, अध्यापन विधी तथा दैनिक क्रियाकलापहरूको बारेमा प्रकाश पर्नु भएको थियो । नर्सरीदेखि यूकेजी कक्षासम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरु एक वा एकभन्दा बढी विधामा पुरस्कृत हुँदा कक्षा एलकेजीमा अध्ययनरत छात्रा अभिलाषा बुढाथोकी ३ वटा विधामा पुरस्कृत भइन । आफ्नै अभिभावकको हातबाट पुरस्कृत हुन पाउँदा विद्यार्थीहरु अत्यन्तै खुसी तथा रमाइरहेका देखिन्थे ।

पुरस्कार वितरण कार्यक्रममा संस्थापक हमालले विद्यालयको स्थापना कालदेखि हालसम्म भएका क्रियाकलाप र उपलब्धिहरु साथै आगामी दिनको कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो भने विद्यालय व्यवस्थापन समितीका अध्यक्ष दाहालले विजेता हुन सफल विद्यार्थीहरुलाई बधाई दिंदै उपस्थित सबैलाई धन्यवाद ज्ञापन सहित अभिभावकहरुको सक्रिय सहभागिताबाट मात्रै बालबालिकाहरुको सर्वाङ्गीण विकासमा आशातित सफलता प्राप्त गर्न सकिने कुरा बताउनुभयो ।







तस्विरः नेसनल युनाइटेड स्कूल