बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

एमबाप्पेलाई अर्को ठुलो सफलता, विश्व फुटबलमा खिचे ध्यान !


  • KTM Khabar
  • बिहिबार, चैत्र ९ २०७९
10.5K
SHARES

फाइल तस्विर

एजेन्सी । विश्व चर्चित युवा स्टाइकर केलियन एमबाप्पे राष्ट्रिय टिमको क्याप्टेन बनेका छन् । उनी फ्रान्सको राष्ट्रिय टोलीको नयाँ कप्तानमा नियुक्त भएका हुन् ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड समेत रहेका एमबाप्पे कप्तान बनेसंगै समर्थकहरुले खुसी ब्यक्त गरेका छन् ।

राष्ट्रिय टिमका गोलरक्षक ह्युगो लोरिसले गत जनवरीमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेपछि फ्रान्सले रिक्त रहेको स्थानमा एमबाप्पेलाई कप्तानको जिम्मेवारी प्रदान गरिएको हो ।

२४ वर्षीय एमबाप्पेले सन् २०१७ मा सिनियर डेब्यु गरेदेखि फ्रान्सका लागि ६६ क्याप जित्दा ३६ अन्तर्राष्ट्रिक्ष गोल गरिसकेका छन् ।

फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेसच्याम्प्सले एमबाप्पेले कप्तानी जिम्मेवारी पाउन योग्य रहेको जनाएका छन् ।

कतारमा भएको विश्वकपमा एमबाप्पेले ८ गोल गरेका थिए । उनले फ्रान्सलाई लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्न मद्दत गरेका थिए ।

यस्तै, युरो २०२४ क्वालिफायरको समूह ‘बी’ रहेको फ्रान्सले शुक्रबार राति घरेलु मैदानमा नेदरल्यान्ड्ससँग खेल्दैछ । त्यसपछि सोमबार राति आयरल्यान्डसँग खेल्ने तालिका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा