शुक्रबार, असोज ३० २०८३
ताजा अपडेट

नेपाल एयरलाइन्सका कर्मचारीले ब्याग फुटाएपछि सचिवको आक्रोश, मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्‍यो ?


  • मंगलबार, चैत्र ७ २०७९
88K
SHARES

काठमाडौं- सरकारी लगानी रहेको नेपाल एयरलाइन्समा यात्रा गर्दा ब्याग (लगेज) चोरी हुने, हराउने र फुटाउने घटना बेलाबेला आउने गरेका छन्। सोमबार भने नेपाल एयरलाइन्सका कर्मचारीले निर्वाचन आयोगका सचिव गोकर्णमणि दवाडीको लगेज फुटाएको पाइएको छ। काठमाडौं-दिल्ली यात्राका क्रममा सचिव दवाडीको लगेज फुटाएको अवस्थामा फेला परेको हो। दिल्ली पुगेर हेर्दा आफ्नो लगेज फुटाएको अवस्थामा भेटिएको सचिव दवाडीले सामाजिक सञ्जालमा लेखेका छन्।

‘नेपाल एयरलाइन्सबाट दिल्ली पुगेपछिको पहिलो उपहार लथालिङ्ग पारिएको फुटाइएको ब्यागेज हात पर्‍यो,’ उनले ट्विटरमा लेखेका छन्, ‘यसको जिम्मा कसले लिने? तिम्रो अनुसन्धान गर्दै गरौला। मैले मेरो सामान बोक्न अब डोको खोज्नु पर्‍यो।’

यस्ता गतिविधिको अनुसन्धान गर्न र दोषीमाथि कारबाही गर्न भन्दै उनले नेपाल एयरलाइन्स र कष्टमर केयरलाई आग्रह गरेका छन्। नेपाल एयरलाइन्स लगायतमा यात्रामा क्रममा यात्रुहरुको लगेज अनधिकृत रुपमा फुटाउने, खानतलासी गर्ने र हराउने गुनासो धेरै आउने गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा