एजेन्सी । विश्व चर्चित इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई अर्को सफलता प्राप्त गरेको छ । ब्याक टु ब्याक कमालको जित निकाल्दै आएको युनाइटेडलाई युरोपा लिगमा अर्को सफलता प्राप्त भएको हो ।
कमालको जितसंगै युनाइटेड युरोपा लिगको क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको छ । भने उक्त खेलमा मार्कस रासफर्ड फेरी चम्किएका छन् ।
स्पेनिस क्लब रियल बेटिसलाई १–० गोलले तथा समग्रमा ५–१ ले पराजित गर्दै युनाइटेड अन्तिम आठमा पुगेको छ ।
पहिलो लेगमा भएको खेलमा युनाइटेडले ४–१ को सहज जित हात पारेको थियो ।
दोस्रो लेगमा युनाइटेडको जितमा दोस्रो हाफमै रासफर्डले गरेको गोल निर्णायक बन्यो ।
उनले खेलको ५६औं मिनेटमा क्यासमिरोको पासमा सानदार गोल गर्न सफल भएका थिए ।
यस्तै, अर्काे खेलमा फेनरवाचसँग दोस्रो लेगमा १–० ले पराजित भएपनि समग्रमा २–१ को जितसँगै स्पेनिस क्लब सेभिया क्वाटरफाइनलमा पुगेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।