बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

नेसनल युनाइटेड स्कुलमा चेस च्याम्पियनसिप (हेर्नुस् तस्बिरसहित)


  • KTM Khabar
  • बिहिबार, चैत्र २ २०७९
2K
SHARES

काठमाडौं । बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ८, हात्तीगौंडामा रहेको नेसनल युनाइटेड स्कुलमा प्रथम हवाई अन्तरविद्यालय स्तरीय चेस च्याम्पियनसिप–२०२३ सम्पन्न भएको छ । हवाई क्रियसनसंगको सहकार्यमा उक्त प्रतियोगिता भएको हो ।

स्कूलको प्रांगणमा भएको उक्त प्रतियोगितामा विभिन्न विद्यालयहरुबाट प्रतियोगिहरु सहभागि भएका थिए । औपचारिक कार्यक्रमका विच गरिएको उक्त प्रतियोगिताको सभापतित्व नेसनल युनाइटेड स्कुलको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सह–प्राध्यापक रेवती प्रसाद दाहालले गरेका थिए ।

कार्यक्रमको उद्घाटन भने कार्यक्रमका निर्देशक रिजन थापा र कार्यक्रमका सभापति दाहालले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

काठमाडौं उपत्यकाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको प्रतियोगिताको उदघाटन समारोहमा नेसनल युनाइटेड स्कुलबाट २०७६ सालको एसईई परीक्षा उत्तीर्ण भएकी चिकित्सा शिक्षा आयोगद्वारा हालै लिइएको चिकित्सा शिक्षा स्नातक तह (MECEE–BL 2023) अन्तर्गत MBBS शैक्षिक कार्यक्रमको एकीकृत प्रवेश परीक्षा पहिलो प्रयासमा नै उत्तीर्ण हुन सफल गरिमा के.सी. तथा अभिभावकलाई विद्यालयको तर्फबाट सम्मान गरिएको थियो ।

प्रतियोगिताको विभिन्न चरणबाट अघि बढ्दै फाइनल चरण प्रवेश गरेका प्रतियोगी मध्ये तिलिंगाटार मा.वि. कि छात्रा पूर्णिमा गुरुङले प्रथम स्थान हासिल गरि नगद पाँच हजारसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरेकी छिन् ।

नव ज्ञानभुमि स्कुलका छात्र आर्युष राज श्रेष्ठ द्वितीय स्थान हासिल गर्दै मेडल तथा प्रमाणपत्रद्वारा पुरस्कृत भए भने बि.एन. एकेडेमी का छात्र अविन पाण्डेले तृतीय स्थानका साथ मेडल तथा प्रमाणपत्र प्राप्त गरे ।

विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको समापन समारोहमा च्याम्पियनसिपको विजेताहरुलाई कार्यक्रमका सभापति रेवती प्रसाद दाहाल, विद्यालयका संस्थापक जेबी हमाल, प्रिन्सिपल शायरा हमाल, कार्यक्रम निर्देशक रिजन थापा लगाएतले पुरस्कृत गर्नुभएको थियो ।

तस्विरः नेसनल युनाइटेड स्कूल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा