बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

काठमाडौंमा जग्गाको मूल्य कहाँ कति ? यी हुन् सस्तो घडेरी पाउँने ठाउँ


  • KTM Khabar
  • बिहिबार, चैत्र २ २०७९
4.9K
SHARES

अहिले काठमाडौं उपत्यकाका कुन ठाउँमा कतिको कारोबार भइरहेको भनी चासो हुनसक्छ। तर कीर्तिपुरको चोभारमा प्रतिआना १५ देखि ३० लाख रुपैयाँ आनामा एसके भेन्चर्सले प्लट बिक्री गरिरहेको छ।

धुम्बाराही ह्याम्स हस्पिटलनजिकै ५५ लाख रुपैयाँ आनामा बिक्री भइरहेको छ। एक घरजग्गा कारोबारीका अनुसार बागेश्वरी भक्तपुरमा १८ लाख, चन्द्रागिरि मातातीर्थमा २१ लाख प्रतिआनामा जग्गा बिक्री भइरहेको छ।

त्यसैगरी ललितपुरको सातदोबाटो भाटभाटेनी छेउमा ५० देखि ६० लाख रुपैयाँ प्रतिआनामा घरजग्गा बिक्री भइरहेको छ। गोदावरी गोदामचौर आसपासमा १८ देखि २० लाख प्रतिआनामा बिक्री भइरहेको छ। भैँसेपाटी बुङमतीमा २४ लाख रुपैयाँ आनामा बिक्री भइरहेको छ।

महंगो जग्गा भने सिनामंगल आसपास देखिएको छ। यसअनुसार भीमसेन गोलामा १ करोड प्रतिआना, लाजिम्पाटमा १ करोड १० लाख प्रतिआनामा बिक्री भइरहेको छ।

१ महिनामा राजस्व ३ अर्ब ५६ करोड

फागुन महिनामा ३ अर्ब ५६ करोड रुपैयाँ घरजग्गा कारोबारबाट राजस्व उठेको छ। विभागले माघ महिनामा ३ अर्ब ७५ करोड रुपैयाँ कारोबार भएको उल्लेख गरेको छ। जब कि अघिल्लो महिना पुसमा ३ अर्ब ७१ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।

हाल उठेको राजस्वमा सेवा कर २० करोड, रजिष्ट्रेसन दस्तुर बापत १ अर्ब ९२ करोड, शुल्क पुँजीगत लाभकर १ अर्ब ३ करोड रुपैयाँ राजस्व उठाएको छ।
त्यसबाहेक काठमाडौं उपत्याकामा बागमती सभ्याता ८ करोड ५४ लाख, मधेश प्रदेशको मुख्यमन्त्री स्वच्छता अभियान कोष शुल्क २ करोड ५५ लाख रुपैयाँ छ। पूर्वमा बढी राजस्व उठाउनेमा विराटनगर कार्यालयले ६ करोड २५ लाख, सुनसरी इनरुवा कार्यालयमा ५ करोड ५७, जनकपुरधाम कार्यालयबाट ४ करोड ३९ लाख रुपैयाँ उठाएको छ।

काठमाडौं उपत्यकामा भूमिसुधार तथा मालपोत कार्यालय भक्तपुरले २२ करोड, डिल्लीबजार कार्यालयले १४ करोड ५२ लाख, चाबहिल कार्यालयमा १६ करोड ८८ लाख, कलंकी कार्यालयमा १८ करोड ७६ लाख राजस्व उठेको छ। यता मालपोत कार्यालय काभ्रेपलाञ्चोकले यसबापत ८ करोड ५० लाख संकलन गरेको छ।

त्यस्तै, गण्डकी प्रदेशमा कास्की कार्यालयबाट १२ करोड ७५ लाख रुपैयाँ राजस्व संकलन भएको छ। लुम्बिनीको रुपन्देही भैरहवा ६ करोड ८१ लाख रुपैयाँ र बुटवल कार्यालयबाट ७ करोड ४० लाख रुपैयाँ छ। नेपालगञ्ज कार्यालयबाट ६ करोड ७७ लाख रुपैयाँ राजस्व उठेको छ। सुदूरपश्चिमको धनगढी कार्यालयले ६ करोड २५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा