बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

राज लुइँटेललाई ‘संगीत पत्रकारिता’ सम्मान


  • KTM Khabar
  • बुधबार, चैत्र १ २०७९
7K
SHARES

काठमाडौँ । एक दशकभन्दा बढी समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील रहेका पत्रकार राजेन्द्र लुइँटेल (राज) ‘संगीत पत्रकारिता’ विधाबाट सम्मानित भएका छन् । पावर इन्टरनेशनल मिडिया नेपालले आयोजना गरेको विशेष कार्यक्रमबाट लुइँटेल सम्मानित भएका हुन् ।

केही समय अगाडी मात्र मुम्बईमा समेत ‘दादा साहेब फाल्के टेलिभिजन अवार्ड’बाट सम्मानित बनेका लुइँटेललाई ब्याक टु ब्याक सम्मानित भइरहेका छन् ।

पावर इन्टरनेशनल मिडिया नेपालको ‘राष्ट्रिय समावेशी अवार्ड’ मा संगीत पत्रकारिता विधाबाट लुइँटेललाई सम्मान गरिएको हो । यस्तै, अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई समेत उक्त समारोहमा सम्मान प्रदान गरिएको थियो ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी विशिष्ट अभिनेत्री वसुन्धारा भुसाल एवं वरिष्ठ पत्रकार शान्ति प्रियले लुइँटेललाई सम्मान गरेका थिए ।

लामो समयदेखि सञ्चार क्षेत्रमा आबद्ध रही गीत संगीत क्षेत्रमा पुर्‍याएको योगदान बापत संगीत पत्रकारिता सम्मानबाट सम्मानित गरिएको आयोजक समितिले जानकारी दिएको छ ।

छापा पत्रकारिता मार्फत सञ्चार माध्यममा आबद्ध भएका लुइँटेल अहिले राष्ट्र खबर डटकम लगायत विभिन्न पाँचभन्दा बढी सञ्चारमाध्यममा आबद्ध रहेका छन् ।

कार्यक्रम व्यवस्थापन सङ्घ नेपालका उपाध्यक्ष समेत रहेका लुइँटेलले गिनिज बुक अफ द वर्ल्ड रेकर्ड, अमेरिका वर्ल्ड रेकर्ड अफ बुक, युरोपियन वर्ल्ड रेकर्ड, ब्रिटिस वर्ल्ड रेकर्ड अफ बुक, भारतमा समेत डा. एपिजे अब्दुल कलाम सेवा सम्मान,ईन्टरनेशनल यूथ आईकन अवार्ड भारत, महात्मा गान्धी ईन्टरनेशनल अवार्ड भारत, ईन्टरनेशनल पिस अवार्ड,भारत,ईण्डो नेपाल जर्नालीजम अवार्ड लगायत विश्व चर्चित सङ्घ संस्थाबाट सम्मानित भइसकेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा