बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

कांग्रेस नेता भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार


  • KTM Khabar
  • शुक्रबार, फाल्गुन २६ २०७९
1.5K
SHARES

फाइल तस्विर

काठमाडौं । नेपाली कांग्रेस नेता तथा सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उहाँको उपचार जारी छ ।

गत फागुन ३ गते साँझ बुद्धनगरस्थित निवासमा ग्यास लिक भई आगलागी हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो ।

भण्डारीकी आमाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा फागुन ४ गते निधन भएको थियो भनेभण्डारीलाई थप उपचारका लागि फागुन ४ गते मुम्बई लगिएको थियो ।

भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको थियो । जलन भएका घाउहरू क्रमिक रूपमा निको हुने क्रममा रहेको चिकित्सकहरूले बताएका छन् ।

सांसद भण्डारीको स्वास्थ्यका सबै प्यारामिटर सामान्य हुँदै गएको दाजु मीनप्रसाद भण्डारीले बताउनुभयो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा