एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जित हासिल गरेको छ । युरोपा लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा जित निकाल्न सफल भएको हो ।
म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा बिहीबार राति भएको खेलमा स्पेनिस क्लब रियल बेटिसमाथि ४–१ को फराकिलो जित निकाल्न सफल भएको छ ।
युनाइटेडको जितमा मार्कस रासफर्ड, एन्टोनी, ब्रुनो फर्नान्डेस र वोउट वेगह्रस्टले गोल गरे । रियल बेटिसका एयोजी पेरेजले सान्त्वना गोल फर्काएका थिए ।
खेलको छैठौं मिनेटमा रासफर्डको गोलबाट युनाइटेडले १–० को अग्रता लिएको थियो । ३२औं मिनेटमा एयोजीले गोल गर्दै खेललाई पहिलो हाफका १–१ गोलको बराबरीमा ल्याए ।
यस्तै, खेलको ५२औं मिनेटमा एन्टोनीले युनाइटेडलाई २–१ ले अघि बढाए । ५८औं मिनेटमा ब्रुनोले गोल गर्दै टोलीलाई ३–१ को अग्रता दिए । खेलको ८२औं मिनेटमा वोउट वेगह्रस्टले गोल गर्दै युनाइटेडको सानदार जित पक्का गराएका थिए ।
दोस्रो लेग १६ मार्चमा रियल बेटिसको मैदानमा हुँदैछ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।