एजेन्सी । प्रिमियर लिग अन्तर्गत भएको बिग म्याचमा म्यानचेस्टर युनाइटेड नमज्जाले हार ब्यहोरेको छ । गए राति भएको खेलमा लिभरपुलसंग हार ब्यहोरेको हो ।
घरेलु टोली लिभरपुलले युनाइटेडलाई ७–० ले पराजित गरेको छ । ब्याक टु ब्याक जित हासिल गरिरहेको युनाइटेडका लागि जितको ब्रेक लागेको छ ।
लिभरपुलले पहिलो हाफमा १–० का अग्रता लिएको थियो । उत्कृष्ट लयसाथ दोस्रो हाफमा भने ६ गोल गर्न सफल भयो । लिभरपुलका लागि मोहमद सलाह, कोडी गाक्पो र डार्विन न्युनेजले २–२ तथा रोबर्टो फिर्मीनोले १ गोल गरे ।
खेलको ४३ औं मिनेटमा गाक्पोले सुरुवाती अग्रता दिलाएका थिए ।
यस्तै, खेलको दोस्रो हाफको सुरुवाती ५ मिनेटमै न्युनेज र गाक्पोले लगातार गोल गरे । ६६ औं मिनेटमा सलाहले अर्को गोल थपे ।
७६ औं मिनेटमा न्युनेजले अर्को गोल थप्दा ७ मिनेटपछि नै सलाहले व्यक्तिगत दोस्रो गोल गरे ।
खेलको ८८औँ मिनेटमा रोबर्टो फिर्मिनोले बेन्चबाट आएर गोल गरे ।
यो जितले लिभरपुल २५ खेलमा ४२ अंकका साथ पाँचौ स्थानमा उक्लिएको छ । युनाइटेड २५ खेलमा ४९ अंकका साथ तेस्रो स्थानमा रहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।