बुधबार, जेष्ठ १७ २०८०
ताजा अपडेट

युनाइटेडको घरमा बार्सिलोनाको हरिबिजोग, एन्टोनी गरे कमाल !


  • KTM Khabar
  • शुक्रबार, फाल्गुन १२ २०७९
2K
SHARES

एजेन्सी । गए राति भएको युरोपा लिग अन्तर्गतको खेलमा याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको क्याटलान क्लब बार्सिलोनाले नमज्जाको हार ब्यहोर्न पुगको छ । घरेलु टोली म्यानचेस्टर युनाइटेडसंग नमज्जाको हार ब्यहोरेसंगे बार्सिलोना नकआउट चरणको प्ले अफबाट बाहिरिएको छ ।

च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएपछि क्याटलान क्लब बनेर युरोपा लिगमा प्रवेश गरेको बार्सिलोना अन्तिम ३२ बाटै बाहिरिन पुगेको हो ।

बार्सिलोना इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग समग्रमा ४–३ ले पराजित बन्न पुगेको छ ।

शुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना घरेलु टोली युनाइटेडसँग २–१ ले पराजित हुन पुग्दा युरोपाबाट पनि बाहिरिन पुगेको हो ।

बार्सिलोनाको होम ग्राउण्डमा भएको पहिलो लेग २–२ गोलको बराबरीमा सकिएको थियो ।

म्यानचेस्टरको जितमा फ्रेड र एन्टोनीले गोल गर्न सपल भए । बार्सिलोनाका रोबर्ट लेवान्डोस्कीको गोल सान्त्वना बन्यो । खेलको १७औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको पेनाल्टी गोलबाट बार्सिलोनाले सुरुवाती अग्रता लिएको थियो ।

खेलको ४७औं मिनेटमा फ्रेडले ब्रुनोको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

यस्तै, खेलको ७३औं मिनेटमा एन्टोनीले गोल गर्दै युनाइटेडलाई २–१ को जित दिलाउँदै युरोपाको अन्तिम १६ मा स्थान पक्का गराएका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा