बुधबार, चैत्र १५ २०७९
ताजा अपडेट

ज्ञान चक्षुले मनायो १७औँ वार्षिकोत्सव (तस्बिरसहित)


  • KTM Khabar
  • शुक्रबार, माघ २० २०७९
1.9K
SHARES

काठमाडौँ । बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ७, भेटघाट चोकमा रहेको ज्ञान चक्षु इंग्लिस स्कूलले १७औँ वार्षिकोत्सव मनाएको छ । स्कूल परिवार सँगै एक कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाइएको हो ।

स्कूल प्राङ्गणमा व्यवस्थापन टिम, शिक्षक, शिक्षिका, कर्मचारी र विद्यार्थीहरूको सहभागिता एक कार्यक्रमको आयोजना गर्दै वार्षिकोत्सव मनाइएको थियो । भने उक्त कार्यक्रममा वार्षिकोत्सव अङ्कित केक समेत काटिएको थियो ।

सोही अवसरमा साङ्गीतिक कार्यक्रम पनि आयोजना गरिएको थियो । जसमा अध्ययनरत विद्यार्थीहरूले आफ्नो प्रस्तुत दिएका थिए ।

‘यस यात्रासम्म जोडिनु हुने समस्त व्यक्तित्वहरूमा हार्दिक आभार व्यक्ति गर्दछु ।’ डाइरेक्टर रमेश श्रेष्ठले भने, ‘बोलेर हैन काम माध्यमबाट स्कूललाई चिनाउन चाहन्छौँ । उक्त मानेमा धेरै हदसम्म हामी सफल भएका छौँ । निरन्तर अभिभावले साथ, सहयोग दिनु भएको छ । यसका लागि मनैदेखि आभार व्यक्त गर्दछु ।’

श्रेष्ठ अगाडी भन्छन्, ‘अभिभावकले विद्यालयप्रति गर्नु भएको विश्वासलाई कदापि टुट्न दिने छैनौँ । अबको युग भनेको प्रविधिमैत्री हो । जसका लागि विद्यालयले पहिलो प्राथमिकता राखेको छ । आशा छ विद्यार्थीहरूले यस कुराको भरपुर फाइदा लिनु हुनेछ ।’

ज्ञान चक्षुमा प्ले ग्रुपदेखि कक्षा १० सम्म अध्यापन गरिन्छ ।

तस्विरः ज्ञान चक्षु इंग्लिस स्कूल


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा